3 years ago
May 30, 2021
एजेन्सी – ब्रेन्टफोर्ड इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । शनिबार राति भएको च्याम्पियनसिपको प्ले अफमा १० खेलाडीमा सिमित स्वान्सी सिटीलाई २–० ले पराजित गर्दै ब्रेन्टफोर्ड १९४७ पछि पहिलोपटक प्रिमियर लिगमा बढुवा भएको हो । ब्रेन्टफोर्डलाई जित दिलाउन इभान टोनी र इमिलियानो मार्कोन्डेसले गोल गरे । वेम्वलीमा भएको खेलको १०औं मिनेटमा टोनीले पेनाल्टीमा गोल गर्दै […]
एजेन्सी – ब्रेन्टफोर्ड इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । शनिबार राति भएको च्याम्पियनसिपको प्ले अफमा १० खेलाडीमा सिमित स्वान्सी सिटीलाई २–० ले पराजित गर्दै ब्रेन्टफोर्ड १९४७ पछि पहिलोपटक प्रिमियर लिगमा बढुवा भएको हो ।
ब्रेन्टफोर्डलाई जित दिलाउन इभान टोनी र इमिलियानो मार्कोन्डेसले गोल गरे । वेम्वलीमा भएको खेलको १०औं मिनेटमा टोनीले पेनाल्टीमा गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा इमिलियानो मार्कोन्डेसले गोल गर्दै ब्रेन्टफोर्डलाई २–० ले अघि बढाए । ६५औं मिनेटमा जय फुल्टनले रातो कार्ड पाएपछि स्वान्सी १० खेलाडीमा समेटिदा खेलमा फर्कने सम्भावना न्युन बनेको थियो ।
यो जितसँगै ब्रेन्टफोर्डले ७४ वर्षपछि पहिलोपटक शीर्ष डिभिजन खेल्नेछ । ब्रेन्टफोर्ड १९४७ मा दोस्रो डिभिजनमा घटुवा भएको थियो । त्यसयता ब्रेन्टफोर्डले शीर्ष डिभिजनमा बढुवाको लागि १० पटक प्ले अफ खेल्दा यसपटक सफलता हात पारेको हो ।
ब्रेन्टफोर्ड प्रिमियर लिग खेल्ने ५०औं फरक क्लब हुनेछ । गत सिजन ब्रेन्टफोर्ड प्ले अफमा फुलहमसँग पराजित भएर बढुवा हुनबाट वञ्चित बनेको थियो ।
April 26, 2024
सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]
April 26, 2024
एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]
April 25, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]