default_image

3 years ago

May 31, 2021

हकिमी पीएसजी जाने सम्भावना

एजेन्सी – इटालियन क्लब इन्टर मिलानका डिफेन्डर अचरफ हाकिमी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा जाने सम्भावना बढेको छ । मोरोक्कोका २२ वर्षीय भर्सटाइल डिफेन्डर हाकिमीलाई पीएसजीले ७० मिलियन युरोमा अनुबन्ध गर्ने योजना बनाएको छ । इन्टरले यस सिजन लिग उपाधि जितेपनि खेलाडी बेचेर ८० मिलियन युरो आर्जन गर्ने लक्ष्य राखेको छ । यसैकारण […]

44 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानका डिफेन्डर अचरफ हाकिमी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा जाने सम्भावना बढेको छ ।

मोरोक्कोका २२ वर्षीय भर्सटाइल डिफेन्डर हाकिमीलाई पीएसजीले ७० मिलियन युरोमा अनुबन्ध गर्ने योजना बनाएको छ । इन्टरले यस सिजन लिग उपाधि जितेपनि खेलाडी बेचेर ८० मिलियन युरो आर्जन गर्ने लक्ष्य राखेको छ । यसैकारण पनि प्रशिक्षक कोन्टेले निरन्तरता नदिने निर्णय लिएका थिए । अब खेलाडी बेच्ने क्रममा हकिमी पहिलो खेलाडी हुने देखिएको छ ।

स्पेनिस क्लब रियल म्याड्रिडमा हुर्किएका हाकिमीले रियलमा ९ खेलमा मात्रै अवसर पाएका थिए । त्यसपछि लोनमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड पुगेका थिए । त्यहाँ दुई सिजन बिताउँदा हाकिमीले ७३ खेलमा १२ गोल गर्नुका साथै १७ असिस्ट दिएका थिए । उनले त्यहाँ डिएफएल सुपरकप जितेका थिए ।

त्यसपछि उनले रियलमा फर्किएर रियलबाटै खेल्ने चाहना राखेपनि उनी प्रशिक्षक जिनेदिन जिदानको नजरमा पर्न नसक्दा उनी गत सिजन ४० मिलियन युरोमा इटालियन क्लब इन्टर मिलान पुगेका थिए । उनले इन्टरमा पनि सफल सिजन बिताउदा ३७ खेलमा ७ गोल र ८ असिस्ट दिएका थिए । इन्टरलाई सिरी ‘ए’ च्याम्पियन बनाउँदा उनको भुमिका महत्वपुर्ण रहेको थियो ।

रियलले प्रतिभावान खेलाडीलाई गत सिजन बेच्नुपर्दा पछुताउनु परेको छ । अचरफ ८ वर्षअघि रियलको एकेडेमीमा आएका थिए । त्यहाँबाट नै उनले रियलको पहिलो टिममा स्थान बनाउन सफल भएका थिए । तर उनले रियलमा लगातार पहिलो रोजाईमा खेल्ने अवसर पाएनन् ।

रियलले आर्थिक समस्याकै कारण अचरफलाई बेचेको थियो । रियलमा अहिले मुख्य खेलाडीहरुले चोट बोक्न पुग्दा उनले रियलमा अनुबन्ध भई एक दशक रियलको रक्षापङ्ति सम्हाल्ने सम्भावना छ । तर पनि रियलले उनलाई अनुबन्ध गर्ने सम्भावना छैन । उनले यो सिजन इन्टरमा अथवा पीएसजीमा खेलेमा रियलले आफ्नो उत्पादन सफल भयो भनेर मात्रै बस्नेछ ।

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.