default_image

3 years ago

May 31, 2021

फुटबल टोली कुवेत पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरण अन्तर्गत बाँकी खेलमा प्रतिस्पर्धा गर्न नेपाली टोली कुवेत पुगेको छ । शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेलमा ६-२ को हार बेहोरेको नेपाली टोली आइतबार साँझ ६ बजे स्थलमार्ग हुँदै कुवेततर्फ गएको थियो । इराकविरुद्ध पहिलो हाफमा एक समय अञ्जन विष्ट र मनीष डाँगीको गोलमा २–१ को […]

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरण अन्तर्गत बाँकी खेलमा प्रतिस्पर्धा गर्न नेपाली टोली कुवेत पुगेको छ ।

शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेलमा ६-२ को हार बेहोरेको नेपाली टोली आइतबार साँझ ६ बजे स्थलमार्ग हुँदै कुवेततर्फ गएको थियो । इराकविरुद्ध पहिलो हाफमा एक समय अञ्जन विष्ट र मनीष डाँगीको गोलमा २–१ को अग्रता बनाएपनि पछि भने सम्हालिन सकेन । कुवेतमा नेपाली टोलीले विश्व कप छनोट र एसिया कप छनोटको बाँकी ३ खेल खेल्नेछ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलपछि बोल्दै प्रदर्शनबाट दुखि हुनुपर्ने ठाउँ नरहेको बताएका थिए । उनले सानो गल्तीका कारण नेपालको हातबाट नतिजा फुस्किएपनि विश्वकप छनोटमा सुधार गर्न सकिने विश्वास दिलाएका थिए ।

नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नु पर्ने खेल न्यूट्रल भेन्यूका रुपमा कुवेत सारिएको थियो । सोही समूहमा रहेको कुवेतसँग भने नेपालले यसअघि नै खेलिसकेको छ । चाइनिज ताइपेइ पनि आइतबार कुवेत पुगिसकेको छ ।

कुवेतसँग पहिलो खेलमा उसकै मैदानमा ७–० को हार बेहोरेको नेपालले भुटानमा भएको खेलमा १–० ले गुमाएको थियो । दशरथ रंगशाला पूर्न निर्माणको कार्य भइरहेको बेला न्यूट्रल भेन्यूका रुपमा नेपाल र कुवेतले भुटानमा खेलेका थिए । छनोटको अन्य अवे खेलमा चाइनिज ताइपेलाई अन्जन विष्टको २ गोलमा २–० ले हराएको नेपालले अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को पराजय भोगेको थियो ।

नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन । अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ ।

अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.