default_image

3 years ago

May 31, 2021

ग्वार्डिओलाले अगुएरोलाई मौका नदिएको आरोप

एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोको प्रिमियर लिग च्याम्पियन टोली म्यानचेष्टर सिटीको यात्रा सन्तोषजनक भने रहने सकेन । अघिल्ला सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अगुएरोले यो सिजन धेरै अवसर पाएनन् । शनिबार चेल्सीविरुद्धको च्याम्पियन्स लिग फाइनलमा पनि उनले धेरै समय पाएनन् । चेल्सीसँग १–० ले पराजित भएपछि सिटी उपाधि विमूख बनेको थियो । सिटीका […]

51 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोको प्रिमियर लिग च्याम्पियन टोली म्यानचेष्टर सिटीको यात्रा सन्तोषजनक भने रहने सकेन । अघिल्ला सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अगुएरोले यो सिजन धेरै अवसर पाएनन् ।

शनिबार चेल्सीविरुद्धको च्याम्पियन्स लिग फाइनलमा पनि उनले धेरै समय पाएनन् । चेल्सीसँग १–० ले पराजित भएपछि सिटी उपाधि विमूख बनेको थियो । सिटीका खेलाडीका रुपमा अगुएरोको त्यो अन्तिम खेल थियो । खेल पछि अगुएरो निकै भावूक बनेका थिए । उनको आँखा आँसुले भरिएको थियो ।

त्यो दृश्यले पक्कै पनि उनको परिवारलाई दुःखी बनाएको हुनपर्छ । अगुएरोका दाजु माउरिसियो डेल कास्टिलोले सामाजिक सञ्जालमार्फत सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको आलोचना गरेका छन् । ‘ग्वार्डिओला सिटीमा आएयता उनले मेरो भाईलाई कहिल्यै चाहेनन्’, उनले ट्विट गरेका थिए । पछि उनले त्यो ट्विट हटाएका थिए ।

ग्वार्डिओलाले भने अगुएरोको तारिफ गरेका थिए । उनले अगुएरोलाई उत्कृष्ट खेलाडी भएको बताएका थिए । प्रिमियर लिगमा अन्तिम खेलमा अगुएरोले २ गोल गरेको खेलमा एभर्टनलाई ५–० ले हराएको थियो । त्यहि गोलपछि अगुएरो प्रिमियर लिगको कुनै पनि टोलीका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका थिए ।

सिटीले लिग उपाधि जितेपछि अगुएरोले भने यसपटक धेरै मौका पाएनन् । ग्वार्डिओलाले नै अगुएरो स्पेनिस टोली बार्सिलोना जाने बताएका थिए ।

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.