default_image

3 years ago

June 1, 2021

रामोसको भविष्य अझै अनिश्चित

एजेन्सी – सर्जियो रामोसको रियल म्याड्रिडसँगको सम्झौता सकिन अब एक महिना मात्र बाँकी छ । तर सम्झौता नविकरणका लागि अहिलेसम्म सहमति भएको छैन । सन् २००५ मा सेभिल्लाबाट रियल पुगेका रामोस पछिल्लो एक दशकमा युरोपकै उत्कृष्ट सेन्टर ब्याकमध्ये एक बन्न सफल भएका छन् । रामोस वा क्लब दुवै पक्षले सम्झौताका लागि नयाँ कुनै प्रस्ताव राखेका […]

55 views

0 Bookmark

एजेन्सी – सर्जियो रामोसको रियल म्याड्रिडसँगको सम्झौता सकिन अब एक महिना मात्र बाँकी छ । तर सम्झौता नविकरणका लागि अहिलेसम्म सहमति भएको छैन ।

सन् २००५ मा सेभिल्लाबाट रियल पुगेका रामोस पछिल्लो एक दशकमा युरोपकै उत्कृष्ट सेन्टर ब्याकमध्ये एक बन्न सफल भएका छन् । रामोस वा क्लब दुवै पक्षले सम्झौताका लागि नयाँ कुनै प्रस्ताव राखेका छैनन् । तर पनि सम्झौता नविकरण हुने सम्भावना भने अझै रहेको विश्वास गरिन्छ ।

१६ वर्षमा रामोसले रियलका लागि २२ उपाधि जितेका छन् । जसमा लगातार तीन पटक च्याम्पियन्स लिग जित्नु पनि थियो । यो वर्ष भने उनका लागि त्यति सुखद रहेन । उनी पटक पटक चोट ग्रस्त बने । जसका कारण केहि दिन पछि सुरु हुने युरो युरोपियन च्याम्पियनसिपमा उनी स्पेन टोलीका लागि लुइस इन्रिकेको रोजाईमा पर्न सकेनन् ।

रियलमा लामो र सफल यात्रा बिताएका रामोसलाई अर्को सिजन पनि त्यहि क्लबमा देख्न पाइन्छ वा उनले नयाँ क्लबको बाटो रोज्छन् केहि समयमा टुंगो लाग्ने नै छ । सम्भवत रियलले नयाँ प्रशिक्षक नियुक्त गरेपछि मात्र उनको भविष्यको टुंगो लाग्नेछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.