default_image

3 years ago

June 1, 2021

हाजार्डको अवस्था हामेसजस्तो छैन

एजेन्सी – बेल्जियम फुटबल टोलीका प्रशिक्षक रोबेर्टो मार्टिनेजले कप्तान इडन हाजार्ड मार्चमा भन्दा फिट रहेको बताएका छन् । त्यति मात्र होइन मार्टिनेजले कोलम्बियाका हामेस रोड्रिग्वेजको अवस्था जस्तो नभएको बताएका छन् । युरोपियन च्याम्पियनसिप र कोपा अमेरिका अघिको कमजोर फिटनेसका कारण केहि स्टार खेलाडीले ठूला प्रतियोगिता गुमाउनु परेको छ । रियल म्याड्रिडका कप्तान समेत रहेका हाजार्डका […]

41 views

0 Bookmark

एजेन्सी – बेल्जियम फुटबल टोलीका प्रशिक्षक रोबेर्टो मार्टिनेजले कप्तान इडन हाजार्ड मार्चमा भन्दा फिट रहेको बताएका छन् । त्यति मात्र होइन मार्टिनेजले कोलम्बियाका हामेस रोड्रिग्वेजको अवस्था जस्तो नभएको बताएका छन् ।

युरोपियन च्याम्पियनसिप र कोपा अमेरिका अघिको कमजोर फिटनेसका कारण केहि स्टार खेलाडीले ठूला प्रतियोगिता गुमाउनु परेको छ । रियल म्याड्रिडका कप्तान समेत रहेका हाजार्डका सहकर्मी सर्जियो रामोस र एभर्टनका हामेस रोड्रिग्वेज आ आफ्नो टोलीबाट बाहिरिएका छन् ।

तर रामोस र रोड्रिग्वेजको अवस्था हाजार्डको नभएको मार्टिनेज बताउँछन् । उनले चेल्सीका पूर्व स्टार हाजार्ड शतप्रतिशत ठिक हुन आवश्यक नरहेको पनि बताएका छन् । रियलका पछिल्ला खेलमा हाजार्ड पूर्ण फिट देखिएका थिएनन्।

‘म म्याच फिटनेसलाई लिएर त्यति चिन्तित छैन । किनकी इडेन त्यसको खालका खेलाडी हुन् जसलाई शारीरिक रुपमा शतप्रतिशत ठिक हुनुपर्छ भन्ने छैन । उनीमा विपक्षीलाई चुनौती दिने क्षमता छ,’ मार्टिनेजले भने, ‘पछिल्ला समय उनका लागि सुखद रहेन । तर मार्च भन्दा अहिले उनी शारीरिक रुपमा पनि बलियो भएका छन् । जसले उनलाई खेलमा फर्कन सहयोग गर्नेछ ।’

हाजार्डसहित अहिलेको बेल्जियम टोलीलाई त्यहाँको स्वर्णिम पुस्ताका रुपमा मानिन्छ । त्यसका अधिकांश खेलाडी खेल जीवनको अन्त्य तिर छन् । तर पनि बेल्जियम अझै त्यहि पुस्ताबाट उच्च प्रदर्शन र सफलताको अपेक्षामा छ ।

मार्टिनेज भने बेल्जियमलाई दाबेदारका रुपमा व्याख्या गर्न तयार छैनन् । उनले थपे, ‘युरोपियन च्याम्पियनसिपको फर्मेट हेर्दा यसमा एउटा टोली मात्र दाबेदार मान्न सकिन्न ।’

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.