default_image

3 years ago

June 1, 2021

लेवान्डोस्कीले जिते युरोपियन गोल्डेन बुट

एजेन्सी – यस सिजनको युरोपियन गोल्डेन बुट जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले जितेका छन् । उनले क्याटलान क्लब बार्सिलोनाका लियोनेल मेस्सी र इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यस सिजनको युरोपियन गोल्डेन बुट जित्न सफल भएका हुन् । मेस्सी र रोनाल्डोलाई गत सिजन इटालियन क्लब लाजियोको सिरो इमोविलेले पनि पछि पार्दै […]

66 views

0 Bookmark

एजेन्सी – यस सिजनको युरोपियन गोल्डेन बुट जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले जितेका छन् ।

उनले क्याटलान क्लब बार्सिलोनाका लियोनेल मेस्सी र इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यस सिजनको युरोपियन गोल्डेन बुट जित्न सफल भएका हुन् ।

मेस्सी र रोनाल्डोलाई गत सिजन इटालियन क्लब लाजियोको सिरो इमोविलेले पनि पछि पार्दै गोल्डेन बुट जितेका थिए । युरोपियन गोल्डेन बुट जित्ने क्रममा ३२ वर्षीय लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा कुल ४१ गोल गरे । उनले एकै सिजन बायर्नका लागि सर्वाधिक गोल गर्ने गर्ड मुलरको ४७ वर्षको कीर्तिमानसमेत भंग गरेका थिए । मुलरले एक सिजनमा ४० गोलको कीर्तिमान राखेका थिए ।

लेवान्डोस्कीले ८२ अंक प्राप्त गरे । युरोपका शीर्ष ५ डिभिजनमा एक गोलको २ अंक भार हुने गर्दछ । अन्य लिगको १.५ अंक भार राखिएको छ ।

गोल्डेन बुटका शीर्ष १५ खेलाडी

१५. डुसान भ्लाहोभिक (फियोरेन्टिना) २१×२= ४२ अंक
१४.लुइस सुआरेज (एट्लेटिको म्याड्रिड) २१×२= ४२ अंक
१३. पउल अनुएचु (जिन्क) २९×१.५ = ४३.५ अंक
१२. मोहम्मद सलाह (लिभरपुल) २२×२= ४४ अंक
११.लुइस मुरेइल (एटलान्टा) २२×२= ४४ अंक
१०. ह्यारी केन (टोटेनहम) २३×२= ४६ अंक
९. जेरार्ड मोरेनो (भिल्लारियल) २३×२= ४६ अंक
८. करिम बेन्जेमा (रियल म्याड्रिड) २३×२= ४६ अंक
७. रोमेलु लुकाकु (इन्टर मिलान) २४×२= ४८ अंक
६. केलियन एमबाप्पे (पीएसजी) २७×२= ५४ अंक
५. एर्लिङ हालान्ड (डर्टमुन्ड) २७×२= ५४ अंक
४. आन्द्र सिल्भा (फ्रान्कफुर्ट) २८×२= ५६ अंक
३.क्रिस्टियानो रोनाल्डो (युभेन्टस) २९×२= ५८ अंक
२.लियोनेल मेस्सी (बार्सिलोना) ३०×२= ६० अंक
१.रोबर्ट लेवान्डोस्की (बायर्न) ४१×२= ८२

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

Success

Thank you for your time.