default_image

3 years ago

June 1, 2021

मेस्सीसँग बार्सिलोनामै खेल्ने अगुएरोको आशा

एजेन्सी – अर्जेन्टिनी स्टार सर्जियो अगुएरोका लागि सोमबारको रात विशेष थियो । खेल जीवनको उत्कृष्ट क्षण मध्येको एकमा उनी खुसी नहुने कुरै भएन । किनकी सानै देखि बार्सिलोनाबाट खेल्ने उनको सपना पूरा हुने क्रममा रहेको छ । बार्सिलोनासँग औपचारिक रुपमा सम्झौता गरेसँगै अगुएरोले टोलीका सुपर स्टार लिओनल मेस्सीसँगै खेल्न पाउने आशा राखेका छन् । म्यानचेष्टर […]

57 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी स्टार सर्जियो अगुएरोका लागि सोमबारको रात विशेष थियो । खेल जीवनको उत्कृष्ट क्षण मध्येको एकमा उनी खुसी नहुने कुरै भएन । किनकी सानै देखि बार्सिलोनाबाट खेल्ने उनको सपना पूरा हुने क्रममा रहेको छ ।

बार्सिलोनासँग औपचारिक रुपमा सम्झौता गरेसँगै अगुएरोले टोलीका सुपर स्टार लिओनल मेस्सीसँगै खेल्न पाउने आशा राखेका छन् । म्यानचेष्टर सिटीसँगको सम्झौता सकिएपछि फ्रि ट्रान्सफरमा अगुएरो बार्सिलोनामा आबद्ध भएका सिथए । सन् २०२१ २२ का लागि बार्सिलोनाले सम्झौता गरेको अगुएरो पहिलो खेलाडी हुन् ।

‘आशा छ हामीसँगै खेल्ने छौं । केहि समययता हामी कुराकानी गरिरहेका थियौं । तर अब क्लब र उनीले यो विषयमा निर्णय लिनुपर्नेछ । उनीसँग खेल्न पाउँदा मलाई गर्व लाग्नेछ । हामीसँगै खेलेका छौं र म उनलाई राम्ररी जान्दछु,’ सार्वजनिक गरिएको कार्यक्रममा अगुएरोले भने, ‘मलाई लाग्छ उनी यहि बस्नेछन् । हाम्रो हरेक दिन कुरा हुन्छ । तर सबै यहाँ बताउन सक्दिन । उनले मलाई बधाई दिएका छन् ।’

अगुएरोले मेस्सीलाई सानै उमेरदेखि चिनेको पनि स्मरण गरे । उनले भने, ‘हामी सधै सँगै अभ्यास गर्थौ । राष्ट्रिय टोलीमा भने केहिले काहि अवसर मिल्ने हो । यहाँ हुँदा हरेक दिन सँगै भइन्छ ।’ बार्सिलोनामा मेस्सीको सम्झौता यसै महिनाको अन्त्यमा सकिँदैछ । यदि मेस्सीले क्लब छाडेको खण्डमा पनि उनीसँगको क्षणहरु सधैसँगै रहने पनि अगुएरोले बताए ।

‘म एकदम खुसी छु । बार्सिलोनालाई उपाधि दिलाउनका लागि म आफ्नो तर्फबाट शतप्रतिशत दिनेछु । एकदम सुखद अनभुव भइरहेको छ । यो विश्वको उत्कृष्ट क्लब हो,’ अगुएरोले जोडे, ‘सानै उमेरमा सोचेको थिए, एक दिन उनीहरुले मेरो खेल हेर्नेछन् । अहिले म यहाँ छु । तर मैले सोचेको थिएन । यदि कसैले पनि यो अवसर पाउँछ भने दौडेर आउनेछ ।’

बार्सिलोनाले बोलाएपछि त्यसमा आफूमा कुनै दुविद्धा नरहेको पनि प्रष्ट पारेका छन् । उनले भने, ‘म अर्को कुनै टोली चाहदैन थिए । मात्र बार्सिलोना चाहन्थे ।’ यसैबीच सेन्टर फरवार्ड अगुएरोले टोलीले प्रशिक्षकका बारेमा भने टिप्पणी गर्न चाहेनन् । ‘यो मेरो विषय होइन । क्लबले नै त्यसको बारेमा निर्णय लिनेछ । यसमा धारणा राख्ने अधिकार मसँग छैन,’ उनले भने, ‘रोनाल्ड कोम्यानसँग पनि मेरो कुरा भएको छैन ।’

सिटीमा गएको सिजन २० खेल मात्र खेलेका विषयमा पनि त्यहाँ चर्चा भएको थियो । ‘पछिल्लो सिजन बाहेक । मैले त्यहाँ नौं उत्कृष्ट सिजन बिताए । टोलीलाई महत्वपूर्ण उपाधि दिलाउन मद्दत गरे,’ उनले अगाडि भने, ‘यो वर्ष घुँडाको चोट, त्यसपछि कोभिड भयो । तर पछिल्लो ४ महिना शारीरिक रुपमा ठिक छु । मेरो घुँडा पनि ठिक छ ।’

प्रिमियर लिग विजेता सिटीको सिजनको अन्त्य भने सुखद भएन । सिटी च्याम्पियन्स लिग फाइनलमा प्रिमियर लिगको अर्को टोली चेल्सीसँग १–० ले पराजित भएको थियो । खेल पछि भावुक भएका अगुएरोले पनि आफ्नो आँसु रोक्न सकेनन् ।

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

Success

Thank you for your time.