default_image

3 years ago

June 4, 2021

स्पेनलाई हराउँदै पोर्चुगल फाइनलमा

एजेन्सी – साविक विजेता स्पेनको युवा टोलीलाई हराउँदै पोर्चुगलको युवा टोली युरो यु–२१ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । स्लोभेनियामा बिहीबार राति भएको खेलमा जर्ग कुएन्काको आत्मघाती गोल मद्दतमा पोर्चुगल उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा उनले आत्मघाती गोल गर्न पुगेका थिए । खेल सकिन १० मिनेट बाँकी रहँदा उनले पोर्चुगलको आक्रमणलाई […]

45 views

0 Bookmark

एजेन्सी – साविक विजेता स्पेनको युवा टोलीलाई हराउँदै पोर्चुगलको युवा टोली युरो यु–२१ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

स्लोभेनियामा बिहीबार राति भएको खेलमा जर्ग कुएन्काको आत्मघाती गोल मद्दतमा पोर्चुगल उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा उनले आत्मघाती गोल गर्न पुगेका थिए । खेल सकिन १० मिनेट बाँकी रहँदा उनले पोर्चुगलको आक्रमणलाई जोगाउन खोज्दा आफ्न पोस्टमा गोल गर्न पुगेका थिए ।

अब पोर्चुगलले उपाधिका लागि जर्मनीको सामना गर्नेछ । पोर्चुगल तेस्रोपटक फाइनलमा पुग्न सफल भएको हो । उपाधि जित्न नसकेको पोर्चुगलले १९९४ र २०१५ मा फाइनल खेलेको थियो । पोर्चुगल १९९४ मा इटालीसँग अतिरिक्त समयमा १–० ले तथा २०१५ मा स्वीडेनसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएको थियो ।

जर्मनीले नेदरल्यान्ड्समाथि २–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । बिहीबार राति भएको खेलमा जर्मनीको जितमा फ्लोरिएन रित्जले दुई गोल गरेका थिए । नेदरल्यान्ड्सका पेर शुहर्सले एक गोल फर्कापनि हार टार्न सकेन ।

जर्मनी लगातार तेस्रो सिजन फाइनलमा पुग्न सफल भएको हो । जर्मनी २०१७ को च्याम्पियन बन्दा २०१९ मा स्पेनसँग २–१ ले पराजित भएको थियो । फाइनल ७ जुनमा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.