default_image

3 years ago

June 4, 2021

अस्ट्रेलिया अपराजित, भारतको हार

एजेन्सी – फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोट अन्तरर्गत अष्ट्रेलियाले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा कुवेतलाई ३–० ले पराजित गरेको छ । कुवेत सिटीमा बिहीबार राति भएको खेलमा अष्ट्रेलियालाई जिताउन म्याथ्यु लेकी, ज्याक्सन इभान र अज्दिन हुरुस्टीनले गोल गरेका थिए । लेकीले खेल शुरु भएको पहिलो मिनेटमै गोल गर्दै अस्ट्रेलियालाई अग्रता […]

48 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोट अन्तरर्गत अष्ट्रेलियाले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा कुवेतलाई ३–० ले पराजित गरेको छ ।

कुवेत सिटीमा बिहीबार राति भएको खेलमा अष्ट्रेलियालाई जिताउन म्याथ्यु लेकी, ज्याक्सन इभान र अज्दिन हुरुस्टीनले गोल गरेका थिए । लेकीले खेल शुरु भएको पहिलो मिनेटमै गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा इभानले गोल गर्दै अग्रता दोब्बर बनाए । ६६ औं मिनेटमा हरुस्टिनले गोल गरेपछि अस्ट्रलियाले ३–० को सहज जित निकाल्यो ।

समूह ‘बी’ मा अस्ट्रेलियाले पाँच खेलमा शतप्रतिशत जितका साथ १५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको कुवेतको ६ खेलबाट १० अंक रहेको छ । जोर्डनको पनि १० अंक छ । नेपालको ६ तथा चाइनिज ताइपेइले अंकको खाता खोल्न सकेको छैन । नेपालले बिहीबार राति नै चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए ।

यस्तै भारतले विश्वकप आयोजक राष्ट्र कतारसँग १–० को हार बेहोरेको छ । ३३औं मिनेटमा अब्दुल अजीज हतेमलले गरेको गोल नै कतारको जितमा निर्णायक बन्यो । १७औं मिनेटमा भारत १० खेलाडीमा समेटिएर खेल्नुपरेको थियो । राहुल भेकेले १७औं मिनेटमा दोहारो पहेँलो कार्डसँगै रातो कार्ड पाएपछि मैदान छाडेका थिए ।

समूह ‘ई’ मा भारत ६ खेलबाट ३ अंक जोड्दै चौथो स्थानमा रहेको छ । भारतको विश्वकप छनोटबाट बाहिरिए पनि एसियन कप छनोटको अर्को चरणमा प्रवेश गर्ने सम्भावना भने अझैं बाँकी रहेको छ । यो समूहमा कतार अपराजित रहँदै १९ अंकका साथ शीर्षस्थानमा तथा ओमान १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्को खेलमा बंगलादेश र अफगानिस्तानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । ४८औं मिनेटमा अमिरुद्दिन सारिफीको गोलबाट अफगानिस्तानले अग्रता लिएको थियो । ८४औं मिनेटमा तोपु बर्मनले गोल गर्दै बंगलादेशलाई हारबाट जोगाए । बराबरीपछि ६ खेलबाट ५ अंक जोडेको अफगानिस्तान तेस्रो तथा २ अंक जोडेको बंगलादेश पाँचौं स्थानमा छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.