default_image

3 years ago

June 5, 2021

चेल्सीमा जिरुडको सम्झौता नविकरण

एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभर जिरुडले च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीसँग सम्झौता नविकरण गरेका छन् । इटालियन क्लब एसी मिलानमा जाने चर्चाबिच ३४ वर्षीय जिरुडले चेल्सीसँग थप एक वर्षको सम्झौता नविकरण गरेका हुन् । नयाँ सम्झौताअनुसार उनी २०२२ जुनसम्म चेल्सीमै रहनेछन् । चेल्सीमा उनको सम्झौता ३० जुनमा सकिदै थियो । विश्वविजेता फ्रान्सको टोलीको सदस्य […]

50 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभर जिरुडले च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीसँग सम्झौता नविकरण गरेका छन् । इटालियन क्लब एसी मिलानमा जाने चर्चाबिच ३४ वर्षीय जिरुडले चेल्सीसँग थप एक वर्षको सम्झौता नविकरण गरेका हुन् ।

नयाँ सम्झौताअनुसार उनी २०२२ जुनसम्म चेल्सीमै रहनेछन् । चेल्सीमा उनको सम्झौता ३० जुनमा सकिदै थियो । विश्वविजेता फ्रान्सको टोलीको सदस्य रहेका जिरुडले युइएफए च्याम्पियन्स लिगको समूह चरणमा सेभियाविरुद्ध एक्लैले चार गोल गरेका थिए ।

प्रि–क्वाटरफाइनलमा एट्लेटिको म्याड्रिडविरुद्ध पनि उनले ओभरहेड किकमार्फत महत्वपुर्ण अवे गोल गरेका थिए । सोही कारण पनि क्लबले उनको सम्झौता नविकरण गरेको हो । ३४ वर्षीय जिरुड अनुबन्धको लागि प्रिमियर लिग क्लब वेस्टह्याम युनाइटेड र एमएलएस क्लब न्युयोर्क सिटीले चासो देखाएका थिए ।

जिरुडले अघिल्लो सिजन ३१ खेलमा ११ गोल गरेका थिए । २०१८ मा इंग्लिस क्लब आर्सनलबाट चेल्सी पुगेका जिरुडले च्याम्पियन्स लिग, युरोपा लिगा र एफए कप जितेका छन् । उनले चेल्सीका लागि ११९ खेलमा ३९ गोल गरेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.