default_image

3 years ago

June 5, 2021

इटालीको सानदार जित

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा इटालीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा इटालीले चेक रिपब्लिकमाथि ४–० को फराकिलो जित निकालेको हो । इटालीको फराकिलो जितमा सिरो इमोविले, निकोलो बरेल्ला, लोरेन्जो इन्सिग्ने र डोमिनिको बेरारडीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल निस्किएको थियो । खेलको २३औं मिनेटमा सिरो इमोविलेको गोलबाट […]

33 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा इटालीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा इटालीले चेक रिपब्लिकमाथि ४–० को फराकिलो जित निकालेको हो ।

इटालीको फराकिलो जितमा सिरो इमोविले, निकोलो बरेल्ला, लोरेन्जो इन्सिग्ने र डोमिनिको बेरारडीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल निस्किएको थियो । खेलको २३औं मिनेटमा सिरो इमोविलेको गोलबाट इटालीले अग्रता बनाएको थियो । ४२औं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इटालीलाई पहिलो हाफमा २–० ले अघि बढाए ।

६६औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै इटालीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७३औं मिनेटमा डोमिनिको बेरारडीले गोल गर्दै इटालीको फराकिलो जित पक्का गरे । घरेलु टोलीविरुद्ध चेक रिपब्लिकले कुनै पनि समय गतिलो पोस्ट आक्रमण बुन्न सकेन । काउन्टर अट्याकमा केही प्रयास गरेपनि चेकले इटालीको बलियो रक्षापङ्ति तोड्न सकेन ।

युरोकपको तयारीका लागि राष्ट्रहरुले अभ्यास खेलिरहेका छन् । अब समूह ‘ए’ मा रहेको इटालीले १२ जुनमा टर्कीसँग युरो कपमा प्रतिस्पर्धा गर्दैछ । त्यसपछि १७ जुनमा स्वीट्जरल्यान्ड र २० जुनमा वेल्ससँग खेल्नेछ ।

यस्तै चेक रिपब्लिकले ९ जुनमा अल्वानियासँग मैत्रीपुर्ण खेल खेलेपछि युरोकपमा होमिनेछ । चेक युरोकपमा समूह ‘डी’ मा रहेको छ । चेक रहेको समूहमा स्कटल्यान्ड क्रोएसिया र इंग्ल्यान्डर रहेका छन् । यस्तै अर्काे मैत्रीपुर्ण खेलमा आइसल्यान्डले फारोइ आइल्यान्डलाई १–० ले पराजित गरेको छ । ७०औं मिनेटमा मिकाइल एन्डरसनले गरेको गोल नै आइसल्यान्डको जितमा निर्णायक बन्यो ।

अन्य नतिजा
फिनल्यान्डविरुद्ध इस्टोनिया (०–), लात्भियाविरुद्ध लिथुआनिया (–१), माल्टाविरुद्ध कोसोभो (१–), नर्थ म्यासेडोनियाविरुद्ध काजकस्तान (–०), स्पेनविरुद्ध पोर्चुगल (०–०) र हंगेरीविरुद्ध साइप्रस (–०)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.