default_image

3 years ago

June 7, 2021

जापानको फराकिलो जित

48 views

0 Bookmark

एजेन्सी – एसियाली पावर हाउस जापानले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोट खेलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा ताजिकिस्तानलाई पराजित गरेको छ ।

घरेलु मैदानमा जापानले ताजिकिस्तानमाथि ४–१ को फराकिलो जित हात निकालेको हो । जापानको जितमा क्योगो फुरुहासी, ताकुमी मिनामिनो, केन्तो हासीमोतो र हायाओ कावावेले गोल गरे । ताजिकिस्तानका एक्सोनी पान्डसान्वीको गोल सान्त्वना बन्यो ।

सुइटा सिटी फुटबल स्टेडियम सइटा जापानमा सोमबार भएको खेलमा घरेलु टोलीले खेलको छैटौ मिनेटमा क्योगो फुरुहासीको गोलबाट अग्रता लिएको थियो । तर जापानको त्यो अग्रता लामो समय टिकेन । नवौं मिनेटमा एक्सोनी पान्डसान्वीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४०औं मिनेटमा लोनमा इंग्लिस क्लब साउथह्याम्टनबाट खेलिरहेका लिभरपुलका सेन्ट्रल मिडफिल्डर ताकुमी मिनामिनोले गोल गर्दै जापानलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । उनले जापानका लागि सुरुवाती गोल गरेका क्योगो फुरुहासीको पासमा गोल गरेका थिए । ५१औं मिनेटमा केन्तो हासीमोतोले गोल गर्दै जापानलाई ३–१ ले अघि बढाए । ७१औं मिनेटमा हायाओ कावावेले गोल गर्दै जापानलाई ४–१ को फराकिलो जित दिलाए ।

जितपछि समूह ‘एफ’ मा अपराजित रहेको जापानले ७ खेलबाट २१ अंक जोड्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ । शुरुवाती ६ खेलमा क्लिन सिट राखेको जापानले सातौ खेलमा क्लिन सिट राख्न सकेन । जापानले विपक्षी टोलीविरुद्ध ३९ गोल गर्दा १ गोल मात्रै खाएको छ ।

यही समूह ‘एफ’को अर्काे खेलमा मंगोलियाले किर्गिस्तानमाथि १–० को महत्वपुर्ण जित निकालेको छ । मंगोलियाको जितमा ओयुनबटार मिजिददोर्जले ३४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितपछि पुछारमा रहेको मंगोसलियाको ८ खेलबाट ६ अंक पुगेको छ । समान ८ अंक नै रहेको म्यानमार चौथो स्थानमा रहेको छ । म्यानमारले दुइृ खेल कम खेलेको छ । मंगोलियासँग हार बेहोरेको किर्गिस्तानको ६ खेलबाट ७ अंक छ ।

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ विरुद्ध पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ विरुद्ध पराजित भएको छ । इङ्ल्यान्ड नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि पर्न पुगेको थियो । इंग्लिश टोलीका लागि आठौ मिनेटमा निक […]

May 6, 2024

अन्जना एनआइसी एसिया बैंकको ब्राण्ड प्रमोटर

काठमाडौं (हाम्रो खेलकुद)- एनआइसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल तथा त्रिभुवन आर्मी क्लबकी गोलकिपर अन्जना रानामगरलाई आफ्नो ब्राण्ड प्रमोटर नियुक्त गरेको छ। गत वर्ष फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली राष्ट्रिय महिला टोलीको सम्मानमा बैंकले सोमबार आयोजना कार्यक्रमकै दौरान अन्जनालाई ब्राण्ड प्रमोटरको रुपमा घोषणा गरेको हो।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

Success

Thank you for your time.