default_image

3 years ago

June 8, 2021

ताइपेईलाई हराउँदै अष्ट्रेलिया अपराजित

43 views

0 Bookmark

एजेन्सी – नेपाल रहेको समूह ‘बी’ बाट अष्ट्रेलियाले विश्वकप तथा एसियन कप छनोटमा शत प्रतिशत जितको यात्रालाई निरन्तरता दिदा चाइनिज ताइपेईमाथि सहज जित हात पारेको छ ।

कुवेत सिटीस्थित जावेर अल अहमद इन्टरनेसनल स्टेडियममा सोमबार राति भएको खेलमा अष्ट्रेलियाले ताइपेईमाथि ५–१ को फराकिलो जित दर्ता गरेको हो । अष्ट्रेलियाको जितमा मिटचेल डुकेले दुई तथा ह्यारी साउटर, जेमी म्याकलरेन र ट्रेन्ट सेन्सवरीले समान एक गोल थपे । ताइपेईका वेइ जिइ गाओले एक गोल फर्काए ।

खेलको १२औं मिनेटमा ह्यारी साउटरले गोल गर्दै अष्ट्रेलियालाई १–० को अग्रता दिलाए । २७औं मिनेटमा जेमी म्याकलरेनले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा ट्रेन्ट सेन्सवरीले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए ।

दोस्रो हाफमा अष्ट्रेलियाको दुवै गोल मिटचेल डुकेको नाममा रह्यो । ४६औं मिनेटमा डुकेले गोल गर्दै अष्ट्रेलियालाई ४–० ले अघि बढाए । ६२औं मिनेटमा वेई जिइ गाओले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ८४औं मिनेटमा मिटचेल डुकेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै अष्ट्रेलियालाई सहज जित दिलाए ।

यो जितसँगै समूह ‘बी’ मा शतप्रतिशत जित निकालेको अष्ट्रेलियाको ६ खेलबाट १८ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको जोर्डको १३ अंक छ । कुवेतको १० तथा ७ खेल खेलेको नेपालको ६ अंक छ । पराजित ताइपेइले अंकको खाता खोल्न सकेको छैन । नेपाल सोमबार राति नै जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.