default_image

3 years ago

June 8, 2021

बेन्जेमा नै रियलका स्टार

एजेन्सी– प्रशिक्षक कार्लो एन्सेलोटीले रियल म्याड्रिडको आफ्नो दोस्रो कार्यकालमा पनि केरिम बेन्जेमा महत्वपूर्ण खेलाडीका रुपमा रहने प्रष्ट पारेका छन् । सन् २०१८ मा सुपर स्टार क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि त्यसले टोलीलाई संकट पर्ने अनुमान गरिएको थियो । तर, त्यस्तो अवस्थाबाट बेन्जेमाले अग्रपक्तिलाई सम्हालेका छन् । रोनाल्डोका जस्तै सिजनमा ५० गोल नगरेपनि नं ९ बेन्जेमाले निरन्तर […]

88 views

0 Bookmark

एजेन्सी– प्रशिक्षक कार्लो एन्सेलोटीले रियल म्याड्रिडको आफ्नो दोस्रो कार्यकालमा पनि केरिम बेन्जेमा महत्वपूर्ण खेलाडीका रुपमा रहने प्रष्ट पारेका छन् ।

सन् २०१८ मा सुपर स्टार क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि त्यसले टोलीलाई संकट पर्ने अनुमान गरिएको थियो । तर, त्यस्तो अवस्थाबाट बेन्जेमाले अग्रपक्तिलाई सम्हालेका छन् । रोनाल्डोका जस्तै सिजनमा ५० गोल नगरेपनि नं ९ बेन्जेमाले निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् ।

बेन्जेमाले रियलका समर्थकलाई निराश हुन दिएका छैनन् । रोनाल्डो गएपछि उनले अग्रपक्तिको मोर्चालाई सफल ढंगले सम्हाल्दै आएका छन् । रोनाल्डोले छाडेपछिको तीन सिजनमा बेन्जेमाले क्रमशः ३०,२७ र गएको सिजनमा फेरि ३० गोल गरेका छन् ।

जोसे माउरिन्होको कार्यकालमा २०११-१२ को सिजनमा रियलका लागि गोल गर्न सुरु गरेको बेन्जेमाले ३२ वर्षको उमेरमा पनि आफ्नो फर्मलाई कायम राखेका छन् । एन्सेलोटीको पहिलो कार्यकाल (२०१३ देखि २०१५ सम्म) मा बेन्जेमाले २४ गोल र २२ गोल गरेका थिए ।

रियलमा बेन्जेमाको भूमिका फरक रहँदै आएका छन् । रोनाल्डो र ग्यारेथ बेल हुँदा पनि बेन्जेमाको महत्वपूर्ण थियो । उनले जहिले पनि टोलीका अन्य आक्रमण सम्हालेका खेलाडीलाई सहयोगी गरिरहेका छन् । त्यति बेला उनले १६ र १५ एसिस्ट गरेका थिए । पछिल्लो समयमा आएर उनी टोलीको मुख्य स्ट्राइकरको भूमिकामा एसिस्टको संख्या भने कम भएको छ । पछिल्लो सिजन उनले ९ एसिस्ट गरेका थिए ।

अहिले बेन्जेमाको फरक भूमिका भइराख्दा बेन्जेमा रियल सम्हाल्न पुगेका छन् । क्लिनिकल गोलकर्तासँगै अवसर सिर्जना गर्ने र पास निकाल्ने खेलाडी हुन् । हरेक सिजन ५० गोल नगरेपछि बेन्जेमा रियलको सफलताका लागि आउने सिजनमा पनि महत्वपूर्ण खेलाडी रहने विश्वास गर्न सकिन्छ । पछिल्ला वर्षहरुमा बेन्जेमाले आफूलाई त्यसरी नै प्रमाणित गरेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.