default_image

3 years ago

June 9, 2021

पोल्यान्ड हारबाट जोगियो

एजेन्सी – युरोकपअघिको अन्तिम तयारी खेलमा पोल्यान्ड हारबाट जोगिएको छ । घरेलु टोलीले खेलमा दुईपटक पछि परेपनि पूनरागमन गर्दै २–२ गोलको रोमाञ्चक बराबरीमा रोकिएको हो । आइएनइए स्टेडियम पोजनान पोल्यान्डमा मंगलबार राति भएको खेलमा आइसल्यान्डले दुईपटक अग्रता लिएपनि जोगाउन नसक्दा जितबाट वञ्चित बन्यो । २७औं मिनेटमा अल्बर्ट गुडमुन्डसनले गोल गर्दै आइसल्यान्डलाई अग्रता दिलाएका थिए । […]

22 views

0 Bookmark

एजेन्सी – युरोकपअघिको अन्तिम तयारी खेलमा पोल्यान्ड हारबाट जोगिएको छ । घरेलु टोलीले खेलमा दुईपटक पछि परेपनि पूनरागमन गर्दै २–२ गोलको रोमाञ्चक बराबरीमा रोकिएको हो ।

आइएनइए स्टेडियम पोजनान पोल्यान्डमा मंगलबार राति भएको खेलमा आइसल्यान्डले दुईपटक अग्रता लिएपनि जोगाउन नसक्दा जितबाट वञ्चित बन्यो । २७औं मिनेटमा अल्बर्ट गुडमुन्डसनले गोल गर्दै आइसल्यान्डलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४७औं मिनेटमा ब्रायनजर इन्गी विजारसनले गोल गर्दै आइसल्यान्डलाई पुनः २–१ को अग्रता दिलाए । तर खेल सकिन दुई मिनेट बाँकी रहँदा कारोल स्वीडर्सकीले गोल गर्दै पोल्यान्डलाई हारबाट जोगाए । उनले क्रसमा आएको पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ढंगले छातीमा नियन्त्रणमा लिँदै डिफेन्डरको खुट्टा मुनिबाट गोल गरेका थिए ।

समूह ‘ई’ मा रहेको पोल्यान्डले १४ जुनमा स्लोभाकिया, १९ जुनमा स्पेन र २३ जुनमा स्वीडेनसँग खेल्नेछ । आइसल्यान्ड भने अब सेप्टेम्वरमा मात्रै अन्तर्राष्ट्रिय खेलमा उत्रनेछ ।

यस्तै चेक रिपपब्लिकले अल्वानियामाथि ३–१ को सहज जित दर्ता गरेको छ । चेक रिपब्लिकको जितमा प्याट्रिक, लुकास मासोपस्ट र अन्ड्रेज सेलुस्टकाले गोल गर्दा अल्वानियाका सोकोल सिकालेसीर्ल एक गोल फर्काए । हंगेरी र आयरल्यान्डले गोलरहित बराबरी खेलेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.