default_image

3 years ago

June 25, 2021

मार्सेलो रियल म्याड्रिडमै रहने

58 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोले क्लब छाड्ने चर्चाकाबीच उनी अन्तत स्पेनिस क्लब रियल म्याड्रिडमै रहने पक्का भएको छ । उनी आफ्नो सम्झौता अवधिसम्म नै रियलमा रहने भएका हुन् ।

मार्सेलोको सम्झौता २०२२ जुनको अन्त्यसम्म रहेको छ । विश्व फुटबलकै उत्कृष्टमध्येको लेफ्टब्याक मार्सेलोले यो सिजन क्लब छाड्ने अनेक अड्कल बाजी चलेको थियो । तर उनी नियमित रुपमा क्लबका निर्देशकहरुसँग नियमित सम्पर्कमै रहेका थिए । सान्टियागो बर्नबेउमा मार्सेलोको प्रभावकारी सम्वन्ध रहेको छ । सोही कारण पनि उनले आफ्नो सम्झौता अवधिसम्म क्लबमा रहनको लागि आग्रह गरेका थिए ।

प्रशिक्षक कार्लाे एन्सेलोटीका कारण पनि उनी रियलमै रहने भएका हुन् । प्रशिक्षक एन्सेलोटीको प्रशिक्षणमा मार्सेलोले २०१४–१५ को सिजनमा ५३ खेलमा अवसर पाएका थिए । पछिल्लो समय चोट र कमजोर प्रदर्शनका कारण अहिले उनको स्थानमा फर्लान्ड मेन्डीसँगै क्यास्टिलाका मिगेल गुइटेरेज आएका छन् ।

यद्दपि रियल अझै पनि मार्सेलोलाई क्लबमा उचित स्थान दिने पक्षमा छ । उनी अब टोलीका कप्तान समेत रहनेछन् । नियमित कप्तान सर्जियो रामोसले क्लब छाडेपछि उनले क्लबको कप्तानको जिम्मेवारी पाएका हुन् । यसैले क्लबले आफ्नो करार समाप्त गर्न चाहने खेलाडीको इच्छालाई सम्मान गर्नेछ ।

३३ वर्षीय मार्सेलो सन् २००६ मा ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट रियल म्याड्रिडमा अनुबन्ध भएका थिए । अर्का ब्राजिलियन रोबर्टाे कार्लाेसले १५ वर्षको रियल बसाई छाडेपछि उनी रियलमा आएका थिए । अहिले उनले कार्लोसले भन्दा बढी खेल र ट्रफी जितेका छन् ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.