default_image

5 years ago

June 13, 2021

बेल्जियमको विजयी सुरुवात

155 views

0 Bookmark

एजेन्सी – उपाधि दावेदार बेल्जियमले युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा रुसलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । फरवार्ड रोमेलु लुकाकुको दुई गोलको मदतमा बेल्जियम ३-० ले विजयी रहयो ।

बेल्जियमले रुसको कमजोर डिफेन्सको फाइदा उठाउँदै पहिलो हाफमा २-० को अग्रता लिँदै दोस्रो हाफमा १ गोल थपेको हो । खेलको दशौं मिनेटमा नै लुकाकुले बेल्जियमलाई अग्रता दिलाएका थिए । रुसको डिफेन्सले सहज बल क्लियर गर्न नसक्दा पेनाल्टी क्षेत्र भित्र रहेका लुकाकुले सहजै गोल गरेका थिए । उनले आफ्नो गोलको खुसी मनाउने क्रममा मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई समर्पित समेत गरे । एरिक्सन फिनल्याण्डविरुद्ध खेलमा अचेत भएर ढलेपछि खेल केहीबेर स्थगित भएको थियो । हाल अस्पतालमा रहेका उनको स्वास्थ्य स्थिति स्थिर छ ।

३४ औं मिनेटमा थोमस मुनिएरले बेल्जियमको अग्रता दोब्बर पारे । थोर्गन हाजार्डको क्रसलाई गोलरक्षक एन्टोन शुनिनले बचाएपनि रिबाउन्डलाई अनामार्क रहेका मुनिएरले गोलमा परिणत गरे । उनले मैदान छिरेको ७ मिनेटमा नै गोल गरेका थिए ।

दोस्रो हाफमा लुकाकुले मुनिएरकै पासमा गोल गर्न सफल रहे । ८८ औं मिनेटमा मुनिएरले दिएको क्रसलाई लुकाकुले गोल गर्दै ३-० को जित पक्का गरेका थिए । बेल्जियमले इडेन हाजार्डलाई बेन्चमा राख्दै खेल सुरु गरेको थियो । हाजार्ड ७२ औं मिनेटमा बेन्चबाट आएका थिए ।

बेल्जियमले आफ्नो उच्च लयलाई युरोको पहिलो खेलमा पनि कायम राखेको छ । लगातार ३१ अन्तर्राष्ट्रिय खेलमा गोल गर्दै बेल्जियमले उपाधिमा बलियो दावेदारी पेस गर्दै आएको थियो । सन् २०१८ विश्वकपको सेमिफाइनलमा फ्रान्सविरुद्ध गोल गर्न नसकेको बेल्जियमले त्यसयता सबै खेलमा गोल गरेको छ । लुकाकुले पछिल्लो १५ खेलमा २० गोल गरेका छन् । युरोको पहिलो खेलमा नै २ गोल गर्दै उनले गोल्डेन बुटमा पनि बलियो दावेदारी प्रस्तुत गरेका छन् ।

यस जितसँगै बेल्जियमले युरोको पहिलो खेलबाट ३ अंक जोडेको छ । यसै समूहमा फिनल्याण्डले डेनमार्कलाई पराजित गर्दै ३ अंक जोडेको थियो । अब बेल्जियमले बिहिबार डेनमार्कको सामना गर्नछ । त्यसअघि बुधबार रुस र फिनल्याण्डले एक आपसमा खेल्नेछन् ।

यो पनि : फिनल्याण्डले डेनमार्कलाई हरायो

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.