default_image

5 years ago

June 13, 2021

क्रोएसियालाई हराउँदै इंग्ल्यान्डको विजयी सुरुवात

209 views

0 Bookmark

एजेन्सी – उपाधिको बलियो दावेदार मानिएको इंग्ल्यान्डले युरोपेली च्याम्पियसिपमा विजयी सुरुवात गरेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्दै प्रतियोगितामा जित सहित सुरुवात गरेको हो ।

युरोको इतिहासमा यसअघिका सबै संस्करणमा पहिलो खेलमा जित हात पार्न नसकेको इंग्ल्यान्डले उक्त खराब रेकर्डमा पूर्णविराम लगाएको छ । खेलको सुरुवातदेखि नै क्रोएसियालाई दवावमा राखेको इंग्ल्यान्डले खेलको छैटौ मिनेटमा अग्रता लिनबाट चुकेको थियो । फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

नवौं मिनेटमा काल्भिन फिलिप्सको भली प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले मुस्किलले नियन्त्रणमा लिए । पहिलो हाफमा क्रोएसियाले कुनै पनि गतिलो पोस्ट आक्रमण बुन्न सकेन । घरेलु टोलीले दोस्रो हाफमा पनि क्रोएसियालाई दवावमा राख्दा ५७औं मिनेटमा अग्रता लिन सफल भयो ।

लिड्सका मिडफिल्डर काल्भिन फिलिप्सले दुई खेलाडीलाई बिट गर्दै दिएको चलाखीपुर्ण पासमा रहिम स्टर्लिङले गोल गरेका थिए । क्रोएसियन डिफेन्डरले उक्त प्रहार ब्लक गर्ने प्रयास गरेपनि वान टचमै गरेको प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिकको हातमा लाग्दै गोल हुन पुगेको थियो । स्टर्लिङको पछिल्लो १७ खेलमा यो १३औं गोल हो । उनले ६१ खेलमा १५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

६०औं मिनेटमा मासन माउन्टको क्रसमा कप्तान ह्यारी केनले सदुपयोग गर्न नसक्दा इंग्ल्यान्ड अग्रता दोब्बर पार्नबाट चुक्यो । ६५औं मिनेटमा माटियो कोभासिसको पेनाल्टी बक्स बाहिरको प्रहार रिवाउन्ड हुदा एन्टी रेविचको प्रहार बाहिरिदा क्रोएसिया बराबरीबाट चुक्यो । ६७औं मिनेटमा मासन माउन्टको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिदा इंग्ल्यान्डले अग्रता दोब्बर पार्न सकेन ।

यो जितपछि समूह ‘डी’ मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ । पराजित क्रोएसिया पुछारमा रहेको छ । यो समूहको चेक रिपब्लिक र स्कटल्यान्डबीको खेल सोमबार राति हुनेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.