5 years ago
June 13, 2021
एजेन्सी – इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिंग्हमले क्रोएसियाविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै युरोपेली च्याम्पियनसिपमा सबैभन्दा कम उमेरको खेलाडी बन्ने कीर्तिमान राखेका छन् ।

जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट व्यावसायिक फुटबल खेल्दै आएका बेलिंग्हमले १७ वर्ष ३ सय ४९ दिनको उमेरमा खेल्दै कीर्तिमान कायम गरेका हुन् । यसअघि सन् २०१२ मा नेदरल्याण्डका जेट्रो विलेम्सले १८ वर्ष ७१ दिनको उमेरमा खेल्दै कीर्तिमान बनाएका थिए । इंग्ल्याण्डले युरो इतिहासमा नै पहिलो पटक आफ्नो सुरुवाती खेल जित्दै सुखद सुरुवात गरेको छ ।
बेलिंग्हमसँग अब युरोमा सर्वाधिक कान्छा गोलकर्ता बन्ने अवसर पनि हुनेछ । उक्त कीर्तिमान स्विट्जरल्यान्डका योहान भन्लान्थेनको नाममा रहेको छ । उनले युरो २००४ मा फ्रान्सविरुद्ध १८ वर्ष १ सय ४१ दिनको उमेरमा गोल गरेका थिए ।

यस्तै युरोको फाइनलमा खेल्ने कान्छा खेलाडी भने पोर्चुगलको रेनाटो सान्चेस हुन् । गत संस्करणको उपाधि पोर्चुगलले जित्दा सान्चेसको उमेर १८ वर्ष ३ सय २८ दिन रहेको थियो । इंग्ल्यान्ड फाइनल पुगेको खण्डमा बेलिंग्हमसँग उक्त कीर्तिमान आफ्नो नाम गर्ने अवसर समेत हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]