default_image

3 years ago

June 14, 2021

कोलम्वियाले इक्वेडरलाई हरायो

एजेन्सी – कोलम्वियाले कोपा अमेरिका कपमा विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा इक्वेडरलाई १–० ले पराजित गर्दै कोलम्वियाले विजयी सुरुवात गरेको हो । एरिना पान्टानल कुइएवा, माटो ग्रासो ब्राजिलमा भएको खेलमा कोलम्वियाको जितमा इडविन कार्डाेनाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । बल पोसेसनमा इक्वेडरले प्रभाव जमाएपनि कोलम्वियाको रक्षापङ्ति तोड्न नसक्दा […]

44 views

0 Bookmark

एजेन्सी – कोलम्वियाले कोपा अमेरिका कपमा विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा इक्वेडरलाई १–० ले पराजित गर्दै कोलम्वियाले विजयी सुरुवात गरेको हो ।

एरिना पान्टानल कुइएवा, माटो ग्रासो ब्राजिलमा भएको खेलमा कोलम्वियाको जितमा इडविन कार्डाेनाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । बल पोसेसनमा इक्वेडरले प्रभाव जमाएपनि कोलम्वियाको रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

चौथो मिनेटमा मिचेल इस्ट्राडाको प्रहार बाहिरिदा इक्वेडर अग्रता लिनबाट चुक्यो । ३८औं मिनेटमा यारी मिनाले सुवर्ण अवसर खेर फाल्दा कोलम्वियाले अग्रता लिन सकेन । ४१औं मिनेटमा इडविन कार्डाेनाले गोल गर्दै कोलम्वियालाई १–० को अग्रता दिलाए । फ्रिकिकमा मिगुइल बोर्जाले मिलाइदिएको पासमा कार्डाेनाले गोल गर्दा रेफ्रीले भिएआरको सहायता लिदै गोललाई मान्यता दिएका थिए ।

५४औं मिनेटमा मिगुइल बोर्जाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा कोलम्विया अग्रता दोब्बर पार्नबाट चुक्यो । ७१औं मिनेटमा पेर्भिस इस्टुपिनानको प्रहारलाई कोलम्वियाका गोलरक्षक तथा कप्तान डेभिड ओस्पिनाले बचाउँदा इक्वेडर बराबरीबाट चुक्यो ।

७५औं मिनेटमा इक्वेडरका एन्जेलो परकाइडोले अवसर गुमायो । ७५औं मिनेटमा इनर भ्यालेन्सियाको प्रहारले पोस्टको गति लिन सकेन । दोस्रो हाफमा इक्वेडरले दवाव बढाउँदा गोलरक्षक ओस्पिना निकै व्यस्त बनेका थिए ।

यो जितसँगै समूह ‘बी’ मा कोलम्वियाले ३ अंक जोडेको छ । ब्राजिलको पनि ३ अंक रहँदा बढी गोलको आधारमा शीर्षस्थानमा रहेको छ । पराजित इक्वेडर चौथो तथा भेनेजुएला पुछारमा छ । साविक विजेता ब्राजिलले उद्घाटन खेलमा भेनेजुएलालाई ३–० ले पराजित गरेको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.