default_image

3 years ago

June 15, 2021

बोलिभियामाथि पाराग्वेको पूनरागमन जित

एजेन्सी – कोपा अमेरिका कपमा पाराग्वेले बोलिभियामाथि पूनरागमन जित दर्ता गरेको छ । एक गोलले पछि परेको अवस्थामा पाराग्वेले १० खेलाडीमा समेटिएको बोलिभियालाई ३–१ ले पराजित गरेको हो । ब्राजिलमा मंगलबार बिहान भएको खेलमा पाराग्वेको जितमा एन्जेल रोमेरोले दुई तथा एलेसान्द्रो रोमेरोले एक गोल गरे । बोलिभियाका इर्भिन साभेड्राको गोल सान्त्वना बन्यो । इर्भिन साभेड्राले […]

95 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका कपमा पाराग्वेले बोलिभियामाथि पूनरागमन जित दर्ता गरेको छ । एक गोलले पछि परेको अवस्थामा पाराग्वेले १० खेलाडीमा समेटिएको बोलिभियालाई ३–१ ले पराजित गरेको हो ।

ब्राजिलमा मंगलबार बिहान भएको खेलमा पाराग्वेको जितमा एन्जेल रोमेरोले दुई तथा एलेसान्द्रो रोमेरोले एक गोल गरे । बोलिभियाका इर्भिन साभेड्राको गोल सान्त्वना बन्यो । इर्भिन साभेड्राले खेलको १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । तर बोलिभियाले १० खेलाडीमा समेटिएपछि त्यो अग्रतालाई जोगाउन सकेन ।

चौथो मिनेटमा नै पेनाल्टी बक्समा सान्टियागो अर्जमेन्डियाले इर्भिन साभेड्रालाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लामो समयपछि बोलिभियालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा उनी चुकेनन् । एक गोलले पछि परेपछि पाराग्वेले बोलिभियामाथि लगातार आक्रमण बुनेपनि गोल गर्न सकेन ।

२०औं मिनेटमा पाराग्वेले पेनाल्टी अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । २४औं मिनेटमा मिगुइल अल्मिरोनको प्रहार बाहिरिदा पाराग्वे बराबरीबाट चुक्यो । ३५औं मिनेटमा गाव्रियल एभालोसले सुवर्ण अवसर खेर फाल्यो । पहिलो हाफको अन्त्यतिर खेल तनावपुर्ण बन्दा बोलिभिया १० खेलाडीमा समेटियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा बोलिभियाका जोउमे कुइलार दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसको फाइदा पाराग्वेले उठाउन सफल भयो ।

६२औं मिनेटमा एलेसान्द्रो रोमेरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६६औं मिनेटमा एन्जेल रोमेरोले गोल थपेपछि पाराग्वेले खेलमा २–१ को अग्रता लिन सफल भयो । ८०औं मिनेटमा एन्जेल रोमेरोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पाराग्वेलाई ३–१ को पूनरागमन जित दिलाए ।

यो जितपछि समूह ‘ए’ मा पाराग्वे ३ अंक जोडेर शीर्षस्थानमा उक्ला बोलिभिया पुछारमा रहेको छ । यही समूहको अर्काे खेलमा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेलेको थियो । अर्जेन्टिना दोस्रो तथा चिली तेस्रो स्थानमा रहेको छ । उरुग्वले एक खेल पनि खेलेको छैन ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.