default_image

3 years ago

June 15, 2021

ओनाइवुको ह्याट्रिकमा जापानको फराकिलो जित

एजेन्सी – फरवार्ड एडु ओनाइवुले को ह्याट्रिक मद्दतमा जापानले फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट खेलमा फराकिलो जित निकालेको छ । सुइटा सिटी फुटबल स्टेडियम सइटा जापानमा मंगलबार साँझ भएको खेलमा जापानले किर्गिस्तानमाथि ५–१ को फराकिलो जित निकालेको हो । जापानको फराकिलो जितमा एडु ओनाइवुले ह्याट्रिक पुरा गर्दा सो सासाकी र ताकुमा […]

24 views

0 Bookmark

एजेन्सी – फरवार्ड एडु ओनाइवुले को ह्याट्रिक मद्दतमा जापानले फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट खेलमा फराकिलो जित निकालेको छ ।

सुइटा सिटी फुटबल स्टेडियम सइटा जापानमा मंगलबार साँझ भएको खेलमा जापानले किर्गिस्तानमाथि ५–१ को फराकिलो जित निकालेको हो । जापानको फराकिलो जितमा एडु ओनाइवुले ह्याट्रिक पुरा गर्दा सो सासाकी र ताकुमा एसानोले समान एक गोल गरे । किर्गिस्तानका मिर्लान मुरजाइचले एक गोल फर्काए ।

जे लिग क्लब योकोहामा एफ मारिनोसका २५ वर्षीय फरवार्डले खेलको ३३ मिनेटभित्र नै ह्याट्रिक पुरा गरेका थिए । उनले ७ मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेका थिए । २७औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका एडु ओनाइवुले ३१ र ३३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । ४५औं मिनेटमा मिर्लान मुरजाइभले पेनाल्टी मार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।

त्यसपछि जापानका लागि ७३औं मिनेटमा सो सासाकी र ७७औं मिनेटमा ताकुमा एसानोले गोल गर्दै जापानलाई फराकिलो जित दिलाए । यो जितसँगै समूह ‘एफ’ मा रहेको जापानले ८ खेलबाट ८ जित निकाल्दै २४ अंक जोडेर एसियन कपको लागि छनोट हुन सफल भएको छ । दोस्रो स्थानमा रहेको ताजिकिस्तानले १३ अंक जोड्यो ।

यही समूहको अर्काे खेलमा म्यानमारलाई हराएको ताजिकिस्तानले छनोट हुने सम्भावना बलियो बनाउादा अन्य टोली किर्गिस्तान, मंगोलिया र म्यानमारले प्ले अफबाट एसियन कपको लागि छनोट खेल्नुपर्ने भएको छ । मंगलबार साँझ नै ताजिकिस्तानले म्यानमारलाई ४–० ले पराजित गरेको थियो ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.