default_image

5 years ago

June 15, 2021

‘मैदानले साथ दिएन’ – मेस्सी

278 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो । कप्तान लिओनेल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएपनि चिली खेलमा फर्कंदै १-१ को बराबरीमा रोक्न सफल रहयो ।

खेलपछि बोल्दै मेस्सीले अर्जेन्टिनाले अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्नुमा मैदानले साथ नदिएको बताए । ‘हामीले नतिजा आफ्नो पक्षमा पार्न अपेक्षा अनुसार प्रदर्शन गर्न सकेनौं । मैदानले पनि ह्मैलाई साथ दिएन । त्यसैले गर्दा बलमा नियन्त्रण राख्न सकेनौं र खेलको गति आफूले चाहेजस्तो बढ्न सकेन,’ उनले भने, ‘ चिलीले यसकै फाइदा उठायो र खेल बराबर गर्न सक्यो ।’

चिलीले पेनाल्टी प्राप्त गरेपछि भिडालको प्रहार चुकेपनि रिबाउन्डमा एडुआर्डो भार्गासले गोल गरेका थिए । मेस्सीले पेनाल्टीले नै खेल परिवर्तन भएको बताए । ‘मैले पेनाल्टी हो होइन त देखिन, तर त्यो नै खेल परिवर्तन गर्न पर्याप्त रहयो । जब चिलीले पेनाल्टी पायो, उनीहरु संयमित भएर खेल्न पाए । बलमा पकड जमाउन थाले र हामीलाई खेलमा फेरी बढ्न कठिन भयो,’ उनले भने ।

मेस्सीले यस नतिजा सन्तोषजनक नरहेको बताए । ‘आज हामीलाई जित्नु थियो । विजयी सुरुवात हुँदा मनोबल पनि बढ्थ्यो । अब हामी अर्को कठिन प्रतिद्वन्द्वीसँग खेल्दैछौं । उरुग्वेसँग जित्ने नै लक्ष्य छ । खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ,’ उनले थपे ।

चिलीका कप्तान क्लाउडियो ब्राभोले मेस्सीको फ्रिकिकको प्रशंसा गर्दो आफ्नो टोलीले राम्रो खेलेको बताए । ‘मेस्सीसँग त्यो क्षमता छ जो कसैसँग छैन । अरुभन्दा फरक रुपमा प्रस्तुत हुन्छन्,’ उनले भने, ‘विश्वकप छनोटमा मैले बचाएको थिएँ, आज उनले जिते । फुटबल यस्तै हो । विपक्षी टोलीमा उत्कृष्ट खेलाडी हुँदा खेल्न अझ उर्जा आउँछ । आज हामीले राम्रो प्रदर्शन गर्यौं र यसले आउने दिनमा हामीलाई सहज बनाएको छ ।’

यो पनि : फ्रान्स र जर्मनी खेल्दै

कोपा अमेरिकाको खेल तालिका नेपाली समयअनुसार

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.