default_image

3 years ago

June 18, 2021

गोल्डेन ब्वायको शीर्ष १०० मनोनयन सार्वजनिक

एजेन्सी – इंग्ल्यान्डका बुकायो साका, मेसन ग्रीनवुड र जुड बेलिङघमले यस वर्षको गोल्डेन ब्वाय अवार्डको शीर्ष १०० को मनोनयमा परेका छन् । अवार्डको संस्थापक इटालियन आउटलेट टुट्टोस्पोर्ट्सले हरेक वर्ष युरोपका शीर्ष लिग खेल्ने प्रतिभावान यु–२१ खेलाडीलाई समावेश गरि मनोनयन सार्वजनिक गर्ने गर्दछ । यो अवार्डको स्थापना २००३ मा स्थापना भएको हो । यसपटकको अवार्डको मनोनयनमा […]

43 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका बुकायो साका, मेसन ग्रीनवुड र जुड बेलिङघमले यस वर्षको गोल्डेन ब्वाय अवार्डको शीर्ष १०० को मनोनयमा परेका छन् ।

अवार्डको संस्थापक इटालियन आउटलेट टुट्टोस्पोर्ट्सले हरेक वर्ष युरोपका शीर्ष लिग खेल्ने प्रतिभावान यु–२१ खेलाडीलाई समावेश गरि मनोनयन सार्वजनिक गर्ने गर्दछ । यो अवार्डको स्थापना २००३ मा स्थापना भएको हो । यसपटकको अवार्डको मनोनयनमा यसपटक प्रिमियर लिगबाट सबैभन्दा धेरै १५ खेलाडी परेका छन् ।

आर्सनलबाट सबैभन्दा बढी चार खेलाडी परेका छन् । जसमा साका, गाब्रिएल मार्टिनेली, फोलारिन बालोगुन र विलियन सालिवा रहेका छ । च्याम्पियन्स लिग विजेता चेल्सीबाट स्कटकिस बिल्ली गिल्मर, टिनो एन्जोरिन र अर्मान्डो ब्रोजा रहेका छन् । म्यानचेस्टर युनाइटेडबाट मासन ग्रीनवुड र एमाद डिएलो तथा म्यानचेस्टर सिटीबाट फिलिप स्टेभानोभिच र एड्रियन वर्नावे मनोनयमा परेका छन् ।

वल्भ्सबाट रायन एइट नोउरी र फावियो सिल्भा तथा लिभरपुलबाट कर्टिस जोन्स र लेस्टर सिटीबाट लुकी थोमस मनोनयनमा पर्न सफल भएका छन् । टोटेनहमबाट एक खेलाडी पनि मनोनयमा पर्न सफल भएनन् ।

फ्रेन्च क्लब रेनेसका इडुआर्ड कामाभिंगा, रेनेसकै जेरेमी डोकु, बार्सिलोनाका पेड्री र इलियाक्स मोरिवा, डर्टमुन्डका युसोउफा मौकाको र रेनिएर बायर्नका जमाल मुसियाला, रियल म्याड्रिडका रोड्रिगो र बायर लिभरकुसनका फ्लोरियन वर्ट्ज पनि मनोनयनमा अटाएका छन् ।

निर्णायकहरुले विभिन्न चरणमा खेलाडी कटौती गर्दै वर्षको अन्त्यमा विजेता घोषणा गर्नेछन् । निर्णाहरुले उनीहरुले गरेको प्रदर्शनको आधारमा क्रमश १०, ७, ५, ३ र १ अंक प्रदान गर्ने गर्दछ । गत वर्ष बोरुसिया डर्टमुन्डका नर्वेजियन एर्लिङ ब्राउट हालान्डले यो अवार्ड हात पारेका थिए ।

हालसम्मको गोल्डेन ब्वाय अवार्ड विजेताहरु

२००३ – राफयल भन डेर भार्ट (आयाक्स)

२००४ –वाइने रुनी (एभर्टन/म्यानचेस्टर युनाइटेड)

२००५ – लियोनेल मेस्सी (बार्सिलोना)

२००६ – सेस फाब्रिगास (आर्सनल)

२००७ – सर्जियो अगुएरो (एट्लेटिको म्याड्रिड)

२००८ – एन्डरसन (म्यानचेस्टर युनाइटेड)

२००९ – एलेक्स पाटो (एसी मिलान)

२०१० – मारियो बालाटेली (इन्टर मिलान/म्यानचेस्टर सिटी)

२०११ – मारियो गोट्जे (बोरुसिया डर्टमुन्ड)

२०१२ – इस्को (मालगा)

२०१३ – पउल पोग्वा (युभेन्टस)

२०१४ – रहिम स्टर्लिङ (लिभरपुल)

२०१५ – एन्थोनी मार्सियाल (मोनाको/म्यानचेस्टर युनाइटेड)

२०१६ – रेनाटो साञ्चेस (बेन्फिका/बायर्न म्युनिख)

२०१७ – केलियन एमबाप्पे (मोनाको/पीएसजी)

२०१८ – म्याथियस डि लेग्ट (आयाक्स)

२०१९ – जोआओ फेलिक्स (बेन्फिका/एट्लेटिको म्याड्रिड)

२०२० – एर्लिङ ब्राउट हालान्ड (बोरुसिया डर्टमुन्ड)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.