5 years ago
June 16, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको दोस्रा राउन्डको खेलमा आज राति समूह ‘बी’’ मा रहेको फिनल्यान्ड र रसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल रसियन फेडेरेसन सेन्ट पिटर्सवर्गमा नेपाली समयअनुसार साँझ ६:४५ बजे हुनेछ । युरो कपमा पहिलो पटक सहभागिता जनाइरहेको फिनल्यान्ड पहिलो खेलमा नै जित हात पारेपछि सोही जितको लयलाई रसियाविरुद्ध पनि कायम राख्न चाहन्छ । फिनल्यान्डले पहिलो खेलमा डेनमार्कलाई १–० ले पराजित गरेको थियो ।
उक्त खेलमा डेनिस टोलीका मुख्य फरवार्ड क्रिस्टियन एरिक्सन पहिलो हाफको अन्त्यतिर अकस्मात मैदानमा ढलेपछि खेल रोकिएको थियो । उक्त घटनापछि खेल हुँदा फिनल्यान्डको जित रचेको थियो ।
उक्त घटनाले फिनल्यान्डको जित ओझेलमा परेपनि टोली रसियाविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ । टोलीसँग टिमु पुकी, जोएल पोहानपालो र गोलरक्षक लुकास ह्रादेच्कीजस्ता खेलाडीको साथ रहेको छ । यि खेलाडीले डेनमार्कविरुद्ध उच्च प्रदर्शन गरेका थिए ।

यता, पहिलो खेलमा नै बलियो बेल्जियमसँग ३–० ले निराश बनेको रसियालाई समूह चरणबाट अघि बढ्न जितको खाँचो छ । बराबरी या हारले टोलीको अघिल्लो चरण पुग्ने सम्भावना झिनो बन्नेछ । सोही कारण रसिया घरेलु मैदानमा फिनल्यान्डलाई हराउने लक्ष्यमा मैदानमा उत्रनेछ ।
टोलीसँग नाम चलेका अर्टिम ज्युवा, एलेक्सान्दर गोलोभिन र एलेक्सी मिरानचुकलगायतको खेलाडीको साथ छ ।
रसियाले फिनल्यान्डविरुद्धको सबै चार खेलमा जित हात पारेको छ । रसिया सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा फिनल्यान्ड रसियासँगको हारको श्रृंखला तोड्ने दाउमा हुनेछ ।
समूह चरणमा सबै टोलीले समान एक खेल खेल्दा बेल्जियम ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक भएपनि फिनल्यान्ड दोस्रो स्थानमा रहँदा अंकविहीन डेनमार्क र रसिया पुछारमा रहेको छ । यही समूहको अर्काे खेलमा बिहीबार राति डेनमार्क र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]