default_image

5 years ago

June 16, 2021

पहिलो जितको खोजीमा टर्की र वेल्स

198 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तरगत समूह ‘ए’ को दोस्रो चरणको खेलमा टर्की र वेल्स मैदानमा उत्रँदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

टर्की र वेल्सबीचको खेल अजरवैजान बाकुस्थित बाकी ओलम्पिया स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ । टर्की पहिलो खेलमा बलियो इटालीसँग ३–० ले पराजित हुदा वेल्सले स्वीट्जरल्यान्ड्ससँग १–१ गोलको बराबरी खेल्दै अंक जोडेको थियो ।

दुवै टोलीलाई समूह चरण पार गर्ने सम्भावना जीवित राख्न जितको खाँचो छ । पहिलो खेलमा इटालीसँग पराजित भएको ‘डार्क हर्स’ टर्की उक्त खेलको कमजोरीलाई सुधार गर्दै वेल्सविरुद्ध उत्रनेछ । बुराक यिल्माज, हकान कलहानोग्लु, सेन्गिज अन्डर, ओजान तुफान, काग्लर सोयुन्कु र मेरिह देमीरल टोलीमा रहेका छन् ।

यता, पहिलो खेलमा स्वीसलाई बराबरीमा रोकेको वेल्स टर्कीलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग कप्तान ग्यारेथ बेलसँगै आरोन राम्से, काइफर मुर, ड्यानियल जेम्स, बिन डेभिस र ड्यानी वार्डजस्ता चर्चित खेलाडीहरुको साथ रहेको छ ।

वेल्सले टर्कीविरुद्धको ६ मध्ये ३ खेलमा जित हासिल गरेको छ । दुई हार र एक बराबरीको नतिजा छ । यि दुई टोली १९९७ पछि पहिलोपटक एक आपसमा भिड्न लागेका हुन् । त्यसबेला टर्कीले ६–४ को जित निकालेको थियो ।

यही समूह ‘ए’ को अर्काे खेलमा आज राति नै इटाली र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुदैछ । खेल राति १२ः४५ बजे हुनेछ । इटाली २ अंक जोडेर शीर्षस्थानमा रहँदा स्वीट्जरल्यान्ड र वेल्सले समान १ अंक जोड्दा टर्की अंकविहीन छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.