5 years ago
June 16, 2021
एजेन्सी – विश्व कपको साविक विजेता फ्रान्स र जर्मनीबीच मंगलबार युरो कपको रोचक प्रतिस्पर्धाका बीच एउटा घटनामा भने रेफ्रीको पनि ध्यान गएन । फ्रान्सले जर्मनीलाई १–० ले हराएको खेलमा जर्मन डिफेन्डर एन्टोनियो रुडिगरले फ्रान्सका मिडफिल्डर पल पोग्बालाई ढाडमा टोक्न खोजेको देखिएको थियो ।

खेल दौरान नै भएको यस घटनामा दुई खेलाडीबीच केहि विवाद भएको थियो वा थिएन भन्ने प्रष्ट थिएन । जर्मन रक्षक फ्रान्सका पोग्बा नजिक पुगरे पछाडिबाट टास्सिन खोजेका थिए । त्यो व्यवहारमा पोग्बाले असहज महसुस गरे । त्यसपछि उनले पछाडि फर्केर हेरे ।
केहि भइराखेको छ भन्ने लागेपछि उनले रेफ्रीको ध्यानाकर्ष गराउन चाहेका थिए । तर रेफ्रीले त्यहाँ केहि भएको महसुस गरेनन र त्यसमा कुनै प्रतिक्रिया जनाएनन् । रुडिगरले पोग्बालाई टोक्न खोजेको दृश्य टेलिभिजनमा देखिएको थियो । तर भिएआरले पनि त्यसमा कुनै अवरोध गरेन ।
खेलपछि पोग्बा र रुडिगर दुवैले खेलपछि अंकमाल गरेका थिए । पोग्बाले खेलपछि बोल्दै आफूलाई त्यस्तो केहि नलागेको र दुवै राम्रो साथी रहेकाले खेलदौरान मजाक गरेको उनले बताएका थिए । पोग्बाले यस्तो सानो घटनाले रुडिगरलाई कारवाही नहोस भन्ने चाहेका थिए । यूईएफएले पनि यस घटनाबारे केहि जानकारी दिएको छैन ।
युरो कपमा फ्रान्स र जर्मनी सम्मलित समूह एफलाई ग्रुप अफ डेथका रुपमा लिइएको छ । जसमा फ्रान्स र पोर्चुगलले विजयी सुरुवात गरेका छन् । मंगलबार नै भएको समूहको अर्को खेलमा साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो ।
पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । त्योसँगै युरो कपमा उनको सर्वाधिक ११ गोल पुगेको छ । रोनाल्डोको यो पाँचौं युरो कप हो । युरो कपको पाँचवटा संस्करण खेल्ने रोनाल्डो पहिलो खेलाडी पनि बनेका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]