default_image

5 years ago

June 16, 2021

इटालीलाई स्वीट्जरल्यान्डको चुनौती

155 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको दोस्रो खेलमा उपाधि दावेदार इटालीले आज राति स्वीट्जरल्यान्डको सामना गर्दैछ । खेल इटालीको घरेलु मैदान रोममा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

पहिलो खेलमा टर्कीमाथि ३–० को सहज जित हात पारेको इटाली लगातार दोस्रो जितको खोजीमा रहँदा स्वीट्जरल्यान्डलाई पराजित गर्ने लक्ष्यमा हुनेछ । स्वीट्जरल्यान्डलाई पराजित गर्न सके इटालीले समूह चरण पार गर्ने लगभग पक्का जस्तै रहनेछ । त्यसअघि टर्की र वेल्सको नतिजाले पनि इटालीको समिकरणमा फरक पार्न सक्नेछ ।

इटालीसँग सिरो इमोविले, लोरेन्जो इन्सिग्ने, डोमिनिको बेरारडी, निकोलो बरेल्ला, जर्गिन्हो, म्यानुयल लोकाटेली, जर्जियो चिलियानी, लियान्द्रो बोनुची र गोलरक्षक जियानलुजी डोन्नररुम्माको साथ रहेको छ ।

पछिल्लो ९ खेलमा शतप्रतिशत जित निकालेको इटालीले कुनैपनि गोल खाएको छैन । पछिल्लो २८ खेलमा अपराजित इटाली सोही अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहँदा स्वीट्जरल्यान्ड समूहमा पहिलो जितको खोजीमा हुनेछ । वेल्सविरुद्ध सुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा स्वीस टोली १–१ गोलको बराबरीमा रोकिएको थियो ।

समूह चरण पार गर्न स्वीस टोलीलाई जितको खाँचो छ । बराबरी या हारले टोलीको अघिल्लो चरण पुग्ने सम्भावना झिनो बन्नेछ । टोलीसँग ब्रिल इम्वोलो, ह्यारिस सेफेरोभिच, जद्रान शाकिरी, ग्रानिट झाँका, केभिन एमबाबु, म्यानुयल एकान्जी र गोलरक्षक यान सोम्मेरको साथ रहेको छ ।

यो समूह ‘ए’ मा पहिलो चरणको खेल सकिदा इटाली ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान १ अंक जोडेको स्वीस र वेल्स दोस्रो र तेस्रो स्थानमा रहँदा अंकविहीन टर्की पुछारमा छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.