5 years ago
June 16, 2021
एजेन्सी – अष्ट्रियाका फरवार्ड मार्को अर्नाउटोभिच गोलको खुसीयाली मनाउने क्रममा विपक्षी खेलाडीलाई लक्षित गरेपछि युरोपेली च्याम्पियनसिपको अर्को खेलबाट प्रतिबन्धमा परेका छन् ।

अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले पराजित गरेको खेलमा अर्नाउटोभिचले तेस्रो गोल गरेका थिए । खेलको ८८ औं मिनेटमा गोल गरेपछि उनले विपक्षी खेलाडीलाई लक्षित गर्दै गोलको खुसी मनाएका थिए । उनलाई आफ्नै टोलीका कप्तान डेविड अलाबाले समेत रोक्नुपरेको थियो । त्यसै घटनालाई यूईएफएले छानविन गर्दै एक खेलको प्रतिबन्ध लगाएको हो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेका उनले अब नेदरल्यान्ड्सविरुद्ध खेल गुमाउने छन् । प्रिमियर लिगमा खेलिसकेका अर्नाउटोभिच पछिल्लो समय चाइनिज लिगमा खेल्दै आएका छन् । उनले नेदरल्यान्ड्सविरुद्ध सुरुवाती रोजाइमा खेल्ने सम्भावना रहेपनि प्रतिबन्ध लागेपाच अब उनी खेलमा आबद्ध हुने छैनन् ।

नर्थ म्यासेडोनियाले खेलपछि उनको व्यवहारलाई लिएर अधिकारिक रुपमा यूईएफएलाई पत्र लेखेको थियो । अर्नाउटोभिचले विपक्षी खेलाडी एग्जान एलिओसकीलाई लक्षित गरेको टोलीको आरोप थियो । अर्नाउटोभिचले खेलपछि सामाजिक संजालमार्फत माफी समेत मागेका थिए ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]