default_image

5 years ago

June 17, 2021

इटाली युरो कपको अन्तिम १६ मा

250 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा स्विट्जरल्यान्डलाई सहजै पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको छ । म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक गोलमा इटालीले ३-० को जित दर्ता गरेको हो ।

खेलको २६ औं मिनेटमा इटालीले अग्रता लिएको थियो । डोमेनिको बेरार्डीको कटब्याकमा म्यानुएल लोकाटेलीले ६ यार्ड बक्सभित्र अनमार्क रहेको अवस्थामा गोल गरेका थिए । लोकाटेली आफैंले मिडफिल्डबाट लामो पास निकाल्दै सासुओलोबाट सँगै खेल्दै आएका बेरार्डीलाई बायाँ विंगमा कुदाएका थिए । बेरार्डीले विंगमा मुभ सिर्जना गर्दा मिडफिल्डबाट लगातार कुद्दै पेनाल्टी क्षेत्रभित्र पुगेका लोकाटेलीले सहजै गोल गरेका थिए ।

त्यसअघि इटालीले कप्तान जिओर्जियो किएलिनीको गोलमा अग्रता लिएको सोच्दै खुसियाली मनाएपनि भीएआरले गोललाई मान्यता दिएको थिएन । लोरेन्जो इन्सिग्नेको कर्नरमा किएलिनीले बललाई जाली चुमाएपनि उक्त बल नियन्त्रण गर्नेक्रममा उनको हातको सहारा लिएको रिप्लेमा प्रष्ट देखिएको थियो ।

दोस्रो हाफको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । निको बरेल्लाको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारमा स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरले कुनै प्रतिक्रिया नै दिन सकेनन् । लोकाटेलीले आफ्नो व्यावसायिक करिअरमा एकै खेलमा दुई गोल गरेको यो पहिलो अवसर हो ।

६४ औं मिनेटमा गोलरक्षक जियानलुइजी डोनारुम्माले स्टिभन जुबरको प्रहारलाई विफल पार्दै इटालीको अग्रता कम हुन दिएनन् । लगत्तै अर्कोतर्फ काउन्टर अट्याकमा बेरार्डीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

७५ औं मिनेटमा चिरो इम्मोबिलेले फेडेरिको किएजाको पासलाई नियन्त्रणमा लिँदै अफसाइड ट्रयाप बिट गरेपनि उनको प्रहारले पोस्टको दिशा लिएन । उनले त्यसको दुई मिनेटअघि पनि त्यस्तै अवसर खेर फालेका थिए । ८९ औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३-० को जित पक्का गरे । उनले राफाएल टोलोइको पासमा लामो दुरीबाट गरेको प्रहार गोल भएको थियो ।

इटालीले पछिल्लो १० खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने सिलसिलालाई कायम नै राख्यो । यस जितसँगै इटालीको अपराजित यात्रा पनि २९ खेलमा लम्बिएको छ । इटालीले पछिल्लो १० खेलमा गोल समेत खाएको छैन ।

यस जितसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीको २ खेलमा ६ अंक रहेको छ । वेल्स २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ । स्विट्जरल्यान्डको १ अंक छ । इटालीले समूहको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ । त्यस्तै स्विट्जरल्यान्डले अंकविहिन रहेको टर्कीसँग खेल्नेछ ।

त्यसअघि समूह ए कै खेलमा वेल्सले टर्कीलाई २-० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको थियो । खेलको सुरुवाती हाफमा दुई अवसर गुमाएपछि राम्सीले ४२ औं मिनेटमा गोल गरेका थिए । उनले ग्यारेथ बेलको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै फिनिस गरेका थिए । त्यसअघि उनले २४ औं मिनेटमा बेलकै पासमा गरेको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो । ३७ औं मिनेटमा बुराक इल्माजको प्रहारले पनि पोस्टको दिशा लिन सकेको थिएन ।

दोस्रो हाफमा टर्कीले दुई परिवर्तन गर्दै खेलमा फर्कने संकेत देखाएको थियो । दुई मिनेट नबित्दै चेंगिज उन्दरको प्रहार थोरैले बाहिरियो । ५० औं मिनेटमा हाकान चाल्हानोग्लुको प्रहार ड्यानी वार्डले बचाएपछि टर्की खेल बराबर गर्नबाट बन्चित भएको थियो ।

६० औं मिनेटमा वेल्सले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । जेकी चेलीकले पेनाल्टी क्षेत्रभित्र बेललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर बेलको प्रहार पोस्टभन्दा निकै माथि गएपछि स्कोर १-० नै कायम रहयो ।

टर्कीले त्यसपछि लगातार आक्रमण गरेपनि गोलरक्षक वार्डले लगातार बचाउ गर्दै टर्कीलाई खेलमा फर्कन दिएनन् । इन्ज्युरी समयको पाँचौ मिनेटमा कनर रोबर्ट्सले गोल गर्दै वेल्सको जित सुनिश्चित गरे । उनले बेलको पासलाई नै पेनाल्टी क्षेत्रभित्र भिडभाड भएको अवस्थामा गोल गरेका थिए ।

यस जितसँगै वेल्सले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा स्थान बनाएको छ । दुवै खेलमा पराजित टर्की भने अर्को चरण पुग्ने सम्भावना निकै कम रहेको छ । यस समूहमा इटालीको ३ र स्विट्जरल्यान्डको १ अंक छ । यी दुई टोली केहीबेरमा नै खेल्नेछन् ।

त्यसअघि रसियाले युरापेली च्याम्पियनसिपमा पहिलो जित दर्ता गर्ने क्रममा फिनल्यान्डमाथि १–० को झिनो जित निकालेको थियो । रसियाको पहिलो जितमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको अन्त्यतिर सुन्दर गोल गरेका थिए । रसिया पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो । च्याम्पियनसिपमा पहिलो हार बेहारेको फिनल्यान्डले पहिलो खेलमा डेनमार्कलाई १–० ले पराजित गरेको थियो ।

सेन्ट पिटर्सबर्गमा बुधबार साँझ भएको खेलको चौथो मिनेटमा जोएल पोहानपालोले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । जुक्का राइटाले डलेर कुजाएभलाई बिट गर्दै दिएको क्रसमा पोहानपालोले सिक्स यार्ड बक्सभित्रबाट हेडमार्फत गोल गर्नुअघि उनी अफसाइड देखिए ।

१०औं मिनेटमा घरेलु टोली रसियाले खेलमा अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । डलेर कुजाएभले ओभरल्यापमा जाँदै एलेक्सी मिरानचुकलाई दिएको पासमा उनले अनमार्क रहेका ओजडाइभ पास दिदा उनको प्रहार पोस्टबाट आकासिएको थियो । १४औं मिनेटमा मिरानचुककै पासमा कप्तान अर्टिम ज्युवाको प्रहार क्रसबारमा लागेर फर्कदा रसिया अग्रता लिनबाट चुक्यो ।

२१औं मिनेटमा पोहानपालोको वान भर्सेस वानको अवस्थाको प्रहारलाई इगर डिभिभले स्लाइडिङ ट्याकल गर्दै बललाई क्लियर गर्दै रसियाको खतरा टारे । ३१औं मिनेटमा एलेक्सान्डर गोलोभिनको पासमा सेन्टर ब्याक डिभिभको हेडरले पोस्टको दिशा लिन सकेन । ३७औं मिनेटमा गोलोभिनकै लो क्रस पासलाई भ्यालेस्लाभ काराभाइव पुग्नुअघि नै जेरी युरोनले क्लियर गरिदिदा रसियाले अग्रता लिन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इटालियन क्लब एटलान्टाका एलेक्सी मिरानचुकले गोल गर्दै रसियालाई १–० को अग्रता दिलाए । कप्तान अर्टिम ज्युवासँगको वान टु वान पासमा मिरानचुकले तीन डिफेन्डरबीचबाट प्रहार गरेको लेफ्ट फुटेट प्रहारले जाली चुम्दा फिनल्यान्डका गोलरक्षक लुकास ह्रादेच्कीले रोक्ने कुनै मौका पाएनन् । उनले २०१९ नोभेम्बरपछि रसियाका लागि पहिलो गोल गरेका हुन् ।

दोस्रो हाफको सुरुमै फिनल्यान्ड बराबरीबाट चुक्यो । रोविन लोडको पासमा टिमु पुकीले गरेको प्रहारलाई डिभिवले ट्याकल गर्दै बचाए । ५४औं मिनेटमा टिमु पुकीको प्रहारलाई गोलरक्षक साफोनोभले सहजै बचाए । ६६औं मिनेटमा रिफाट जेमालेटडिनोभको प्रहार फितलो बन्यो । ६९औं मिनेटमा पुकीले अर्काे अवसर खेर फाल्दा फिनल्यान्ड बराबरीबाट चुक्यो ।

७२औं मिनेटमा अर्टिम ज्युवाको प्रहारलाई गोलरक्षक ह्रादेच्कीले सुन्दर बचाउ गर्दा रसिया अग्रता दोब्बर पार्नबाट बन्चित भयो । इन्ज्युरी समयको पहिलो मिनेटमा झेमालेत्दिनोभले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

यो जितसँगै समूह ‘बी’ बाट रसियाले २ खेलबाट ३ अंक जोड्दै नकआउट चरण पार गर्ने सम्भावना जीवितै राखेको छ । समान ३ अंक नै भएपनि बेल्जिय बढी गोलको आधारमा शीर्ष स्थानमा रहँदा फिनल्यान्ड हेड टु हेडमा रसियासँग पछि छ । अब रसियाले डेनमार्कसँग तथा फिनल्यान्डले बेल्जियमसँग खेल्न बाँकी छ । बिहीबार राति बेल्जियम र डेनमार्क खेल्दैछन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.