5 years ago
June 17, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिसपको समुह चरणको दोस्रो खेलमा आज राति उपाधि दावेदार बेल्जियमले अन्डरडगको छवि बनाएको डेनमार्कको सामना गर्दैछ ।

खेल डेनमार्कको घरेलु मैदान तेलिया पार्केन कोपेनहेगनमा नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा डेनमार्क बलियो बेल्जियमलाई स्तब्ध पार्दै समूह चरण पार गर्ने सम्भावनालाई जीवितै राख्न चहान्छ । फिनल्यान्डसँग पहिलो खेलमा हार बेहोरेको डेनमार्कले बेल्जियमसँग बराबरी या हार भोगेको अवस्थामा समूह चरण पार गर्ने सम्भावना झिनो बन्नेछ । यो समूह ‘बी’ मा बेल्जियम, रसिया र फिनल्यान्डको समान ३ अंक रहँदा डेनमार्क अंकविहीन छ ।
बलियो बेल्जियमविरुद्ध मैदान उत्रँदा डेनमार्कलाई उसको स्टार फरवार्ड क्रिस्टियन एरिक्सनको अभाव खड्कनेछ । उनी फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर बल लिने क्रममा अघि बढ्दै गदौ अचेत भई अकस्मात मैदानमा ढलेका थिए । उक्त घट्नापछि टोलीले शारीरिक र मानसिक रुपमा धैर्यता गुमाउँदा खेल पनि १–० ले गुमाएको थियो । उनी अहिले अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
तर, डेनमार्क एरिक्सनको उक्त घटनालाई बिर्सदै बेल्जियमविरुद्ध बलियो मनस्थितिमा मैदान उत्रनेछ । टोलीसँग कास्पर डोलवर्ग, मार्टिन ब्रेथवेट, म्याथियस यान्सेन, युस्सुफ पउलसेन, थोमस डिलाने, पिएरे इमिल होएबिएर, आन्द्रेस क्रिस्टेन्सेन, कप्तान सिमोन केयर र गोलरक्षक कास्पर स्माइकलको साथ रहेको छ ।

यता, बलियो बेल्जियम रसियामाथिको सहज जितलाई डेनमार्कविरुद्ध पनि दिन चाहन्छ । डेनमार्कलाई हराउन सके बेल्जियमको नकआृट चरण पुग्ने सम्भावना बलियो बन्नेछ । बराबरी या हारले समूहमा चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना खुल्ला हुनेछ ।
टोलीसँग लयमा रहेका रोमेलु लुकाकु, ड्रिएस मेर्टिन्स, इडन हाजार्ड, थोगर्न हाजार्ड, युरी टिलेमान्स,थोमस म्युनियर, थोमस भमाईलेन, डेडरेक बोयाटा, टोवी एल्डरवेइरेल्ड र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ । यसबाहेक टोलीसँग जेरेमी डोकु, मिची बात्सुयाई, क्रिस्टियन बेन्टेके, यान्निक कारास्को र डेनिस प्राएट रहँदा मिडफिल्डर केभिन डि ब्रुएनले चोटबाट पूनरागमन गर्न सक्नेछन् ।
लुकाकुको लागि यो खेल अनौठो हुनेछ । एरिक्सन इन्टर मिलानमा उनका सहयात्री हुन् । उनले रसियाविरुद्ध दुई गोल गरेपछि क्रिस्टियन, बलियो हुनु हामी तिमीलाई माया गर्छाै भनेका थिए । अब यिनै लुकाकुको काम डेनमार्कलाई रोक्ने लक्ष्यमा हुनेछ । खेलको दशौं मिनेटमा बल बाहिर फ्याँकेर दुवै टोलीले एरिक्सनको सम्मानमा ताली बजाउने लुकाकुले बताएका छन् ।
यि दुई टोलीको पछिल्लो दुवै भेटमा बेल्जियम विजयी भएको छ । गत सेप्टेम्वरमा भएको नेसन्स लिगमा २–० को जित निकालेको बेल्जियमले त्यसपछि नोभेम्वरमा ४–२ को जित निकालेको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]