5 years ago
June 17, 2021
एजेन्सी – समूह ‘सी’ मा पहिलो जित निकालेको नेदरल्यान्ड्स र अष्ट्रिया आज राति आमने सामने हुँदैछन् । खेल नेपाली समयअनुसार योहान क्रुएफ एरिना आम्स्ट्रडममा राति १२:४५ बजे हुनेछ ।

सात वर्षपछि कुनै ठूलो प्रतियोगिता खेलिरहेको नेदरल्यान्ड्स आफ्नो गर्विलो इतिहासअनुसार खेल्दै समूहमा पहिलो भएर अघि बढ्ने लक्ष्यमा हुनेछ । अष्ट्रिया पनि सफलता हात पार्दै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । दुवै टोली समूहमा लगातार दोस्रो जितको खोजीमा रहँदा समूह चरण पार गर्नको लागि यो खेल दुवै टोलीका लागि निकै महत्वपुर्ण रहेको छ ।
टोलीसँग जर्जिन्हो वाइनाल्डम, मेम्फिस डिपाए, फ्रान्की डि जोङ, अघिल्लो खेलमा प्रभावशाली प्रदर्शन गरेका डेन्जेल डमफ्राइज, नाथन एके र स्टेफन डि भ्राएको साथ रहेको छ । पहिलो खेलमा डिफेन्समा केहि कमजोरी भएपनि डच टोली जित हासिल गर्न सफल रहेको थियो । टोली त्यसलाई सुधार्ने लक्ष्यमा हुनेछ ।

यता, जुनसुकै भुमिकामा खेल्न सक्ने डेभिड अलाबाको कप्तानीमा रहने अष्ट्रियासँग मार्सेल सवित्जर, कोर्नाड लेइमार, भालेन्टिनो लजारो, मार्सेल सवित्जर, जुलियन, एलेसान्द्रो स्कफ, ड्यानियल बचमन र करिम ओनिसियो जस्ता खेलाडीको साथ रहेको छ । नर्थ म्यासेडोनियाविरुद्ध गोल गरेका मार्काे अर्नाउटोभिच युइएफएको एक खेलको प्रतिबन्धमा पर्दा उनले नेदरल्यान्ड्सविरुद्धको महत्वपुर्ण खेल गुमाउनेछन् ।
यि दुई टोली २०१६ पछि पहिलोपटक भिड्न लागेका हुन् । दुई खेलको नतिजामा दुवैपटक डच टोली विजयी भएको छ । २०११ मा ३–१ को जित निकालेको डच टोलीले त्यसपछि २०१६ मा २–० को जित निकालेको थियो । डच टोली सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा अष्ट्रिया उक्त हारको श्रृंखला तोड्न दाउमा हुनेछ । यो समूह ‘सी’ मा नेदरल्यान्ड्स र अष्ट्रियाको समान ३ अंक छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]