default_image

3 years ago

June 18, 2021

ड्यानी आल्भेस ब्राजिलको ओलम्पिक टोलीमा

एजेन्सी – भेट्रान डिफेन्डर ड्यानी आल्भेसलाई साविक विजेता ब्राजिलको ओलम्पिक टोलीमा समावेश गरिएको छ । ब्राजिलको ओलम्पिक टोलीका प्रशिक्षक आन्द्रे जर्दिनले टोकियो ओलम्पिकका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ३८ वर्षीय आल्भेसलाई टोलीमा समेटेका हुन् । प्रशिक्षक जर्दिनले ड्यानी आल्भेससँगै डिएगो कार्लाेस र सान्तोषलाई बढी उमेर (राख्न पाउने प्रावधान) को खेलाडीको रुपमा समावेश गरेका हुन् […]

57 views

0 Bookmark

एजेन्सी – भेट्रान डिफेन्डर ड्यानी आल्भेसलाई साविक विजेता ब्राजिलको ओलम्पिक टोलीमा समावेश गरिएको छ । ब्राजिलको ओलम्पिक टोलीका प्रशिक्षक आन्द्रे जर्दिनले टोकियो ओलम्पिकका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ३८ वर्षीय आल्भेसलाई टोलीमा समेटेका हुन् ।

प्रशिक्षक जर्दिनले ड्यानी आल्भेससँगै डिएगो कार्लाेस र सान्तोषलाई बढी उमेर (राख्न पाउने प्रावधान) को खेलाडीको रुपमा समावेश गरेका हुन् । ब्राजिलले सन् २०१६ मा भएको रियो ओलम्पिकमा जर्मनीलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै पहिलोपटक ओलम्पिकमा स्वर्ण पदक जितेको थियो ।

त्यतिबेला टोलीमा रहेका कुनैपनि खेलाडी टोलीमा परेका छैनन् । त्यतिबेलाका कप्तान नेयमारले टोकियो ओलम्पिक खेल्ने चाहना राखेपनि उनलाई टोलीमा समावेश गरिएको छैन । आल्भेसले घरेलु मैदानमा जारी कोपा अमेरिका कपमा टोलीमा स्थान बनाउने सम्भावना रहेपनि अन्तिम समयमा चोट बोक्न पुग्दा उनी टोलीबाट बाहिरिएका थिए ।

सोही कारण पनि आल्भेसलाई ओलम्पिक टोलीमा समावेश गरिएको छ । उनले नै टोलीको कप्तानी गर्नेछ । आल्भेसले ३८ वर्षको उमेरमा पनि आफ्नो खेललाई निरन्तरता दिदै उच्च प्रदर्शन गरिरहेका छन् । उनको नेतृत्वमा टोलीले उपाधि रक्षा गर्ने विश्वास लिइएको छ ।

टोकियो ओलम्पिक २३ जुलाईबाट ८ अगस्टसम्म जापानको टोकियोमा आयोजना हुदैछ ।

ब्राजिलको ओलम्पिक टोली

गोलरक्षक – सान्तोष नेटो (एथ्लेटिको पारानाइन्स) र ब्रेननो (ग्रेमियो)

डिफेन्डर – ड्यानी आल्भेस (साओ पाउलो), गाब्रियल मेनिनो (पाल्मेइरस), गुइलहेर्मे एराना (एट्लेटिको मिनेइरो) , गाब्रियल मागलहाइस (आर्सनल) निनो (फ्लुमिनेन्स) र डिएगो कार्लाेस (सेभिया)

मिडफिल्डर – डुगलस लुइज (एस्टन भिल्ला), ब्रुनो गुइमारइस (लियोन), जर्सन (फ्लामेङ्गो), क्लाउडिन्हो (रेडबुल ब्रागान्टिन्हो) र मेथस हेनरिक (ग्रेमियो)

फरवार्ड – मेथस कुन्हा (हर्था बर्लिन), माल्कोम (जेन्ट), एन्टोनी (आयाक्स), पाउलिन्हो (बायर लिभरकुसन) र पेड्रो (फ्लामेङ्गो)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.