5 years ago
June 18, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा शुक्रबार स्वीडेनले स्लोभाकियाको सामना गर्दैछ । खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा स्पेनलाई बराबरीमा रोकेको स्विडेन प्रतियोगितामा पहिलो जित दर्ता गर्न चाहन्छ । स्पेनविरुद्ध बल पोसेसनमा निकै कमजोर रहेपनि स्वीडेनले रक्षात्मक रुपमा बलियो प्रदर्शन गरेको थियो । काउन्टर अट्याकमा पनि स्वीडेनले केहि अवसर सिर्जना गरेको थियो । आजको खेलमा स्वीडेन पछिल्ला गल्तीलाई सुधार्दै पहिलो जित दर्ता गर्ने सुरमा हुनेछ ।
स्लोभाकियाले हालसम्म स्वीडेनलाई पराजित गर्न सकेको छैन । स्लोभाकिया लगातार दोस्रो संस्करण युरोको अन्तिम १६ मा प्रवेश गर्न चाहन्छ । स्वीडेन भने सन् २००० देखि लागतार युरोमा सहभागी भएपनि सन् २००४ यता नकआउट चरणमा प्रवेश गर्न असफल रहँदै आएको छ । आजको खेलमा जित हासिल गरे स्वीडेन अर्को चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ ।
स्वीडेनका लागि आज फरवार्ड एलेक्जेन्डर इसाकको प्रदर्शन महत्त्वपूर्ण हुनेछ । स्पेनविरुद्ध उनले प्रभाव जमाएपनि अर्का फरवार्ड मार्कस बर्गले अपेक्षित साथ दिन नसक्दा टोलीले गोल गर्न सकेको थिएन । गोलरक्षक रोबिन ओल्सनसँगै डिफेन्डर भिक्टर लिन्डेलफ र मार्क्स ड्यानीएल्सनको जोडीले पनि आज राम्रो प्रदर्शन गर्नुपर्ने छ । मिडफिल्डमा कप्तान सेबास्टियन लार्सन सेट पिसबाट खतरा बन्न सक्छन् ।

अघिल्लो खेलमा पोल्यान्डलाई पराजित गर्दै स्लोभाकियाले दोस्रो सहभागितामा पनि नकआउट चरणमा पुग्ने संकेत देखाएको छ । स्लोभाकियाले सन् २०२१ मा ६ खेलको अपराजित यात्रा कायम राखेको छ । युरोअघि दुवै वार्मअप खेलमा बराबरीमा रोकिएपनि टोलीले पहिलो खेलमा आफ्नो लय देखाएको थियो ।
पोल्यान्डविरुद्ध डिफेन्डर मिलान स्क्रिनियारले गोल गरेका थिए । रोबर्ट लेवान्डोस्कीलाई रोक्न सफल भएका उनले आज अर्का शारीरिक रुपमा निपुण इसाकलाई रोक्नुपर्नेछ । गोलरक्षक मार्टिन डुब्राभ्काले न्युकासलका लागि प्रिमियर लिगमा गरेको प्रदर्शनलाई पहिलो खेलमा पनि निरन्तरता दिएका थिए । कप्तान मारेक हाम्सिक र ओनरेज डुडाको अनुभव टोलीका लागि महत्त्वपूर्ण हुनेछ ।
यस समूहमा स्लोभाकियाको ३ अंक, स्पेन र स्वीडेनको १-१ अंक तथा पोल्यान्ड अंकविहिन छ । समुहको अर्को खेलमा शनिबार पोल्यान्ड र स्पेन भिड्नेछन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]