5 years ago
June 18, 2021
एजेन्सी – विश्वकपको उपविजेता क्रोएसियाले युरोपेली च्याम्पियनसिपको समूह डी अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकक सामना गर्दैछ । खेल ग्लास्गोस्थित ह्याम्पडेन पार्कमा नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

चेक रिपब्लिकले युरोको पहिलो खेलमा यसै मैदानमा खेल्दै घरेलु टोली स्कटल्यान्डलाई २-० ले पराजित गरेको थियो । उक्त खेलमा फरवार्ड प्याट्रिक सिकले मैदानको मध्यभाग निरबाट गरेको गोलले निकै चर्चा बटुलेको थियो । क्रोएसिया भने पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डसँग वेम्बलीमा १-० ले पछि परेको थियो । रहिम स्टर्लिङले दोस्रो हाफमा गरेको गोल नै निर्णायक सावित भएको थियो ।
युरोको अघिल्लो संस्करणमा पनि यी दुई टोलीले समूह चरणमा खेलेका थिए । उक्त खेलमा इभान पेरिसिच र इभान राकिटिचको गोलमा २-० ले पछि परेपनि अन्तिम १५ मिनेटमा चेक खेल बराबर गर्न सफल रहेको थियो । क्रोएसिया त्यस संस्करणमा समूह विजेता बनेको थियो भने चेक १ अंकसहित पुछारमा रहयो । चेकविरुद्ध मैत्रीपूर्ण खेलमा क्रोएसियाले १ जित र १ बराबरीको नतिजा निकालेको छ ।

क्रोएसियाका लागि मिडफिल्डरद्वय लिका मोड्रीच र मार्सेलो ब्रोजोभिच नै मुख्य खेलाडी हुनेछन् । इंग्ल्यान्डविरुद्ध यी दुइले संघर्ष गरेपछि आक्रमणमा पनि टोली कमजोर देखिएको थियो । गोलरक्षक डोमिनिक लिभाकोभिचबाट पनि पछिल्लो खेलकै प्रदर्शन दोहोरिने अपेक्षा हुनेछ । आजको खेलमा पराजित भए क्रोएसिया अर्को चरणमा पुग्ने सम्भावना निकै कम हुनेछ ।
यता चेक पहिलो खेलमा सिकको दुई गोलमा जितबाट उच्च मनोबलमा छ । स्कटल्यान्डले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेपनि सेभियाका गोलरक्षक टोमस भाच्लिकले सानदार प्रदर्शन गरेका थिए । मिडफिल्डमा एलेक्स कराल र टोमस सुचेक आज पनि मिडफिल्ड प्रतिस्पर्धामा निर्णायक हुने देखिन्छ ।
यस समूहमा चेक र इंग्ल्यान्डको ३-३ अंक छ भने क्रोएसिया र स्कटल्यान्ड खाता खोल्ने प्रयासमा छन् । आज नै हुने अर्को खेलमा इंग्ल्यान्डले छिमेकी प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]