5 years ago
June 18, 2021
एजेन्सी – विश्वकै सबैभन्दा पुराना प्रतिद्वन्द्वीका रुपमा लिइने इंग्ल्यान्ड र स्कटल्यान्डबीच युरोपेली च्याम्पियनसिपको समूह डीको दोस्रो खेलमा प्रतिस्पर्धा हुँदैछ । खेल लन्डनस्थित वेम्बली रंगशालामा नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

सन् १९९६ को युरोमा इंग्ल्यान्ड र स्कटल्यान्डबीच भएको खेलमा युरो इतिहासकै चर्चित गोल भएको थियो । उक्त खेलमा इंग्ल्यान्डका पल गास्कोओइनले गरेको गोललाई अझैपनि दुवै देशका समर्थकले आजसम्म पनि यस खेलसँग जोड्दै आएका छन् । उक्त खेलमा हाल इंग्ल्यान्डका प्रशिक्षक रहेका ग्यारेथ साउथगेट पनि खेलेका थिए । प्रतियोगिता अघि मिडफिल्डर फिल फोडेनले गास्कोइनकै शैलीमा कपाल काटेपछि यस खेल प्रतियोगिता सुरु हुनुअघि नै सबैको नजरमा परेको थियो ।
यी दुईले सन् २०१८ को विश्वकप छनोटमा खेलेका थिए । ५ वर्षअघि भएको उक्त खेलमा इंग्ल्यान्ड ३-० ले विजयी रहेको थियो । सन् २०१७ को मैत्रीपूर्ण खेलमा भने केनले इन्ज्युरी समयमा गोल गर्दै २-२ को बराबरी पक्का गरेका थिए । यी दुईबीच वेम्बली मैदानमा भएको ३२ खेलमा इंग्ल्यान्डले १८ खेल जित्दा स्कटल्यान्ड ९ खेलमा विजयी भएको छ । यी दुई टोलीबीच भएको पछिल्लो १५ खेलमा बराबरी भएको छैन ।
इंग्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई पराजित गर्दै ३ अंक जोडेको छ । रहिम स्टर्लिङले दोस्रो हाफमा गरेको गोलसँगै इंग्ल्यान्ड विजयी सुरुवात गर्न सफल भएको थियो । यता स्कटल्यान्ड भने चेक रिपब्लिकसँग २-० ले पराजित हुन पुग्यो । आक्रमणमा एकपछि अर्को अवसर खेर फाल्दा स्कटल्यान्डले हारको सामना गर्नुपरेको थियो । उक्त हारसँगै स्कटल्यान्डको ५ खेलको अपराजित यात्रा टुंगिएको थियो ।
स्कटल्यान्डलाई अब अर्को चरणमा स्थान बनाउने सम्भावना जगाउन आजको खेलमा हार टार्नुपर्ने स्थिति छ । इंग्ल्यान्डले भने आजको खेलमा जित हासिल गरे नकआउट चरणमा स्थान पक्का गर्न सक्छ । युरोकै सबैभन्दा कम अनुभवी टोली रहेको स्कटल्यान्डले आज टोलीमा केहि परिवर्तन गर्न सक्छ । इंग्ल्यान्डका लागि पनि डिफेन्डर ह्यारी मगाएर खेल्ने सम्भावना छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]