5 years ago
June 18, 2021
एजेन्सी – कोपा अमेरिका अन्तर्गत समूह चरणको दोस्रो खेलमा शनिबार बिहान लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले उरुग्वेको सामना गर्दैछ । खेल ब्रासिलियामा नेपाली समयअनुसार शनिबार बिहान ५:४५ बजे हुनेछ ।

पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना उरुग्वेलाई हराउँदै समूहमा पहिलो जितको खोजीमा हुनेछ । १८ अक्टोबर २०२० मा पेरुलाई २–० ले हराएपछि पछिल्लो तीन खेलमा जित निकाल्न नसकेको अर्जेन्टिनालाई जितको दवाव हुनेछ । यसक्रममा अर्जेन्टिनाले चिलीसँग दुईपटक १–१ गोलको बराबरी खेल्दा कोलम्वियासँग २–२ गोलको बराबरी खेलेको थियो ।
टोलीसँग कप्तान मेस्सीसँगै सर्जियो अगुएरो, लोउटारो मार्टिनेज, जियोभानी लो सेल्सो, ड्यानियल पारेडेस, रोड्रिगो डि पउल, निकोलस ट्याग्लियाफिको, निकोलस ओटामेन्डी, लुकास मार्टिनेज, गोन्जालो मोन्टिएल र गोलरक्षक इमिलियानो मार्टिनेजको साथ रहेको छ । यस्तै एन्जल डि मारिया, पालासिओस, जोआक्विन कोरेआ र नाहुइल मोलिना पनि टोलीमा रहेका छन् ।
यता, पछिल्लो तीन खेलमा जित निकाल्न नसकेको उरुग्वे कोपाको पहिलो खेलमै जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछ । १४ नोभेम्वर २०२० मा कोलम्वियालाई ३–० ले हराएपछि उरुक्ष्वेले ब्राजिलसँग २–० को हार बेहोर्दा पाराग्वे र भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो ।

टोलीसँग लुइस सुआरेज, इडिन्सन काभानी, फेडे भाल्भेर्डे, फकुन्डो टोरेस, डिएगो गोडिन, जोश जिमिनेज र फर्नान्डो मुस्लेरालगायतको चर्चित खेलाडीको साथ रहेको छ ।
यि दुई टोलीको पछिल्लो ७ भेटमा अर्जेन्टिना ३ खेलमा विजयी हुँदा ३ खेल बराबरीमा सकिदा एक खेल उरुग्वेले आफ्नो पक्षमा पारेको छ । पछिल्लो दुवै खेल बराबरीमा सकिएको छ । यो समूहको अर्काे खेलमा अर्जेन्टिना र उरुग्वेले खेल्नुअघि चिली र बोलिभियाबीच शनिबार बिहान २:४५ बजे प्रतिस्पर्धा हुनेछ ।
यो समूह ‘ए’ मा पाराग्वे ३ अंक जोडेर शीर्षस्थानमा रहँदा अर्जेन्टिना र चिली समान १ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहेको छ । उरुग्वेले एक खेल पनि खेलेको छैन । बोलिभिया अंकविहीन हुदै पुछारमा छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]