4 years ago
June 19, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको दोस्रो खेलमा आज राति पोर्चुगल र जर्मनीबीचको रोमाञ्चक खेल हुदैछ । खेल जर्मनीको घरेलु मैदान एलिएन्ज एरिना म्युनिखमा नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ ।

जर्मनीले घरेलु मैदानमा पोर्चुगलको सामना गर्दा टोलीलाई चर्को दबाब हुनेछ । टोलीको उद्देश्य क्रिस्टियानो रोनाल्डोलाई रोक्ने र आफ्नो स्थिति अनुकूल बनाउनु हुनेछ । पहिलो खेलमा फ्रान्ससँग हार बेहोरको जर्मनीको लागि समूह चरण पार गर्नको लागि यो खेल निकै महत्वको रहँदा पोर्चुगल समूहमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरण पुग्ने दाउमा हुनेछ ।
जर्मनी एलिएन्ज एरिनामा आफ्नो टिम रोनाल्डो र पोर्चुगललाई रोक्न सफल हुनेमा विश्वस्त छ । जर्मनीका लागि रोनाल्डो मात्र चुनौती नभई बुन्डेसलिगाकै प्रमुख खेलाडी आन्द्रे सिल्भा पनि टाउको दुखाईको विषय बन्न सक्नेछन् । गत सिजन आइनट्राख्ट फ्रांन्कफर्टका लागि सिल्भाले २८ गोल गरेका उनले राम्रोसँग नै जर्मन फुटबल बुझेका छन् ।
अर्काे तथ्य के छ भने रोनाल्डोले जर्मनीविरुद्ध चार खेल खेल्दा अहिलेसम्म गोल गर्न सकेका छैनन् । पोर्चुगललाई रोक्न टोलीसँग भेट्रान गोलरक्षक तथा कप्तान म्यानुयल नुएर, इम्री क्यान, म्याट हमेल्स, एन्टेनियो रुडिगर, म्याथियस जिन्टर र निकलस सुल रहेका छन् । मिडफिल्डमा टोनी क्रुस, थोमस मुलर, इल्केए गुन्डोगान, यासुवा किम्मिख, काई हाभर्टज र जमल मुसियाला टोलीमा रहँदा टिमो वेर्नर, लिरोए साने, सर्ज जिनाब्री र केभिन भोलान्ड पनि टोलीमा रहनेछन् ।

यता, पोर्चुगल समूहमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने दाउमा हुनेछ । हंगेरीविरुद्ध पाएको जितले हौसिएको पोर्चुगल घरेलु टोली जर्मनीविरुद्ध आत्मविश्वासी भएर मैदान उत्रनेछ । टोलीका लागि मुख्य हतियार कप्तान रोनाल्डो नै हुनेछ । रोनाल्डो पनि आफ्नो गोलसङ्ख्या बढाउने अभियानमै हुनेछ ।
यी पोर्चुगाली स्टारले पाँच युरो संस्करणमा ११ गोल गरिसकेका छन् । पोर्चुगलले हंगेरीमाथि प्राप्त ३–० जितमा उनले दुई गोल गरेका थिए । रोनाल्डोले पोर्चुगलका लागि १ सय ७६ गोलमा १ सय ६ गोल गरिसकेका छन् । उनी सर्वकालीन सर्वाधिक गोलको कीर्तिमानबाट ३ गोल पछि छ । सन् १९९३ देखि २००६ बीच इरानका अली दाईले कीर्तिमानी १ सय ९ गोल गरेका थिए । यो कीर्तिमान रोनाल्डोले भंग गर्ने सम्भावना छ ।

टोलीसँग रोनाल्डोसँगै ब्रुनो फर्नान्डेस, डिएगो जोटा र बर्नाडो सिल्भा, आन्द्रे सिल्भा, विलिय कार्भाल्हो, डानिलो पेरेइरा, राफयल गुरेइरो, रुवेन डियास, पेपे, नेल्सन सेमेडो, रुई प्याट्रिसियो लगायता खेलाडी छन् । यस्तै राफा सिल्भा, रेनाटो सान्चेज, जोओ मौटिन्हो, जोआओ फेलिक्स र डिएगो डालोट पनि टोलीमा रहेका छन् ।
यि दुई टोलीबीचको १८ भेटमा जर्मनी हावी छ । टोलीले १० खेल आफ्नो पक्षमा पार्दा पोर्चुगलले ३ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ । पछिल्लो चार भेटमा पोर्चुगलले जर्मनीलाई हराउन सकेको छैन । यि दुई टोलीले पछिल्लो पटक २०१४ को विश्वकपमा प्रतिस्पर्धा जर्मनीले ४–० को सानदार जित निकालेको थियो ।
यो समूह ‘एफ’ मा एक चरणको खेल सकिदा पोर्चुगल र फ्रान्सको समान ३ अंक रहेपनि गोल अन्तरमा पोर्चुगल शीर्ष तथा फ्रान्स दोस्रो स्थानमा रहेको छ । अंकविहीन जर्मनी तेस्रो र हंगेरी पुछारमा छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]