4 years ago
June 19, 2021
एजेन्सी – स्पेन र पोल्यान्ड एक अर्काविरुद्ध मैदानमा उत्रँदा दुवै टोलीलाई एउटै दवाव छ, त्यो हो निश्चित जित । पहिलो खेलमा जित हासिल गर्न नसकेका दुवै टोलीलाई समूह चरण पार गर्ने सम्भावना जीवित राख्न जित बाहेकको विकल्प छैन ।

किनभने समूह ‘ई’ मा यि दुई टोली स्वीडेन र स्लोभाकियासँग पछि परिसकेका छन् । स्वीडेनको ४ तथा स्लोभाकियाको ३ अंक छ । स्पेनको १ तथा पोल्यान्ड अंकविहीन छ । यि दुई टोलीबीचको खेल स्पेनको सेभियामा नेपालीसमयअनुसार आज राति १२:४५ बजे हुनेछ ।
स्पेनले स्विडेनविरुद्ध ७५ प्रतिशत बल नियन्त्रणमा राखेपनि गोल गर्न चुकेको थियो । अझ भनौ ८५२ पास खेलेको स्पेनको टिमले गोल गर्नमात्र चुकेको थियो । त्यसैले स्पेन जतिबेला पोल्यान्डविरुद्ध मैदान उत्रन्छ, उसको ध्यान गोलमै केन्द्रित हुनेछ ।
अल्भारो मोराटा, फेरान टोरेस, एडमा ट्राओरे, जेरार्ड मोरेनो, पाब्लो साराविया, पेड्री, रोड्री, मार्काेस लोरेन्टे, कोकी, थियागो अलकान्तरा, सर्जियो बुस्क्वेट्स, एरिक गार्सिया, पाउ टोरेस, एमेरिक लापोर्टा, जोडी अल्वा, सेसर एज्पिल्क्विेटा र युनाइ सिमोन जस्ता नाम चेलेका खेलाडी टोलीमा रहेका छन् ।
यता, बलियो स्पेनसँग उसकै मैदानमा खेल्दा पोल्यान्डलाई पनि ठुलो दवाव हुनेछ । आफ्नो खेलमा स्लोभाकियाको हातबाट स्तब्धपूर्ण हार बेहोरेको पोल्यान्डलाई समूह चरण पार गर्न जितबाहेकको विकल्प छैन । रोबर्ट लेवान्डोस्कीले स्पेनविरुद्ध केही गर्न सक्छन् त भन्ने आशा गरिएको छ ।
मिडफिल्डर ग्रेजगोर्ज क्राचोवियाक प्रतिबन्धमा रहँदा पोल्यान्डलाई समस्या हुन सक्नेछ । टोलीसँग कारोल स्वीडर्सकी, पिओटर जिलेन्स्की, मेट्सज क्लिच, कामिल जिलिक र गोलरक्षक वजसिएस सेजेस्नीको साथ रहेको छ ।
यि दुई टोलीको हालसम्मको १० भिडन्तमा स्पेन ८ खेलमा विजयी भएको छ । एक खेल पोल्यान्डले जित्दा एक खेल बराबरीमा सकिएको छ । पोल्यान्डले १९८० मा २–१ को जित निकालेको थियो । त्यसपछि १९९४ मा १–१ गोलको बराबरी खेलेको थियो । त्यसपछिको सबै तीन भेटम स्पेन विजयी भएको छ । पछिल्लोपटक यि दुई टोलीले २०१० मा प्रतिस्पर्धा गर्दा स्पेनले ६–० को सानदार जित हात पारेको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]