default_image

3 years ago

June 20, 2021

पोल्यान्डविरुद्ध पनि स्पेनको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को दोस्रो खेलमा पनि स्पेन पोल्यान्डसँग बराबरीमा रोकिएको छ । पहिलो हाफमा अग्रता लिएपनि कप्तान रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि स्पेन १-१ को बराबरीमा रोकिएको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता लिएको थियो । जेरार्ड मोरेनोले दायाँ विंगबाट दिएको लो क्रसलाई मोराटाले पहिलो टचमा […]

49 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को दोस्रो खेलमा पनि स्पेन पोल्यान्डसँग बराबरीमा रोकिएको छ । पहिलो हाफमा अग्रता लिएपनि कप्तान रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि स्पेन १-१ को बराबरीमा रोकिएको हो ।

खेलको २५ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता लिएको थियो । जेरार्ड मोरेनोले दायाँ विंगबाट दिएको लो क्रसलाई मोराटाले पहिलो टचमा नै गोल गरेका थिए । रेफ्रीले सुरुवातमा असिस्टेन्ट रेफ्रीको झन्डा उठेपछि अफसाइड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएका थिए ।

३४ औं मिनेटमा मोरेनोको प्रहार पोस्टभन्दा थोरैले बाहिरिएको थियो । त्यसको एक मिनेटपछि नै पोल्यान्ड खेल बराबरी गर्नबाट बन्चित भयो । क्यारोल स्विडेर्सकीले पेनाल्टी क्षेत्रको नजिकबाट गरेको प्रहार पोस्टमा लगेर फर्किएको थियो । पोस्टमा लागेर फर्किएको बललाई रोबर्ट लेवान्डोस्कीले गरेको प्रहार भने गोलरक्षक उनाइ सिमोनले बचाए ।

पहिलो हाफको अन्तिम मिनेटमा मोरेनोले अग्रता दोब्बर पार्ने अवसर चुकाए । जोर्डी अल्बाले बायाँ विंगबाट दिएको लो क्रसमा मोरेनोको प्रहारले पोस्टको बाहिरि नेटमा लागेको थियो । त्यसअघि सिमोनले लेवान्डोस्कीको प्रहार विफल पार्दै खेलमा स्पेनको अग्रता कायम राखेका थिए ।

दोस्रो हाफको ५४ औं मिनेटमा नै पोल्यान्डले खेल बराबरीमा ल्यायो । कामील जोज्वियाकले दायाँ विंगबाट दिएको क्रसलाई रोबर्ट लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । स्पेनका खेलाडीले लेवान्डोस्कीले हेडर प्रहार गर्नुअघि डिफेन्डर एमेरिक लापोर्टलाई फल गरेको भन्दै विरोध जनाएपनि भीएआरले गोललाई मान्यता दिएको थियो ।

खेल बराबर भएको ४ मिनेटपछि नै स्पेनले अग्रता पुन: स्थापना गर्ने सुवर्ण अवसर पायो । पेनाल्टी क्षेत्रभित्र याकुब मोल्डरले मोरेनोलाई लडाएपछि रेफ्रीले भीएआरको सहायता लिँदै स्पेनलाई पेनाल्टी दिएका थिए । मोरेनो आफैंले गरेको पेनाल्टी प्रहार पोस्टमा लागेर फर्किएको थियो । उक्त रिबाउन्डमा मोराटाको प्रहार बाहिरिंदा खेल बराबरीमा नै कायम रहयो ।

८४ औं मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले स्पेनलाई जित दिलाउन सकेनन् । मोराटाको प्रहारपछि पेनाल्टी क्षेत्रभित्र राम्रोसँग क्लियर हुन नसकेको बललाई टोरेसले पोस्टतर्फ प्रहार गर्न नसक्दा स्पेन अग्रता लिनबाट चुकेको थियो ।

यस बराबरीसँगै स्पेनले २ खेलमा २ अंक जोडेको छ । पोल्यान्ड भने पहिलो अंक जोड्दै समूहको पुछारमा रहेको छ । यस समूहमा स्वीडेनको ४ अंक छ भने स्लोभाकियाको ३ अंक रहेको छ । समूहको अन्तिम खेलमा स्पेन र स्लोभाकिया खेल्दा स्वीडेनले पोल्यान्डको सामना गर्नेछ ।

त्यसअघि समूह डीको खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको थियो । खेलमा सुरुवाती अग्रता लिएपनि पोर्चुगलले डिफेन्समा बिर्सनलायक प्रदर्शन गरेपछि जर्मनी ४-२ को जित दर्ता गर्न सफल रहयो ।

खेलको पाँचौ मिनेटमा जर्मनीका रोबिन गोसेन्सले गोल गरेपनि उक्त गोलले मान्यता पाएन । गोलअघि क्रस आउने क्रममा नै फरवार्ड सर्ज गनाब्री अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएको थिएन । दशौं मिनेटमा पोर्चुगिज गोलरक्षक रुइ प्याट्रीसिओले काइ हाभर्ट्जले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई विफल पारे । त्यसैको रिबाउन्डमा उनले गनाब्रीलाई पनि सट प्रहार गर्ने अवसर दिएनन् ।

१४ औं मिनेटमा पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा अग्रता लियो । काउन्टर अट्याकमा सुन्दर मुभ बनाएको पोर्चुगलका लागि डिओगो जोटाले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेका रोनाल्डोलाई पास दिएपछि रोनाल्डोले खाली पोस्टमा गोल गरेका थिए । त्यसअघि बर्नार्डो सिल्भाले जोटालाई भेट्न सुन्दर क्रस फिल्ड पास दिएका थिए ।

२२ औं मिनेटमा पोर्चुगलले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । छोटो कर्नरपछि राफेल गुरेरोले दिएको क्रसलाई रुबेन डियासले ६ यार्ड बक्सभित्र हेडर पास दिएपनि पेपे उक्त बलसम्म पुग्न सकेनन् । त्यसअघि गोसेन्सको प्रहारलाई गोलरक्षक प्याट्रीसिओले रोकेका थिए ।

खेलको ३५ औं मिनेटमा जर्मनी खेल बराबर गर्न सफल भयो । रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो । हाभर्ट्जलाई रोक्ने प्रयासमा डियासको क्लिअरेन्स गोल भएको थियो । त्यसको ३ मिनेटपछि नै जर्मनीले आत्मघाती गोलमा अग्रता लियो । जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोको क्लिअरेन्स गर्ने प्रयास आफ्नै पोस्टमा छिरेपछि पोर्चुगल पछि परेको थियो ।

४४ औं मिनेटमा गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार प्याट्रीसिओले विफल पारे । त्यसको रिबाउन्डमा किम्मिखको प्रयासलाई डिफेन्डरले छेक्दै सफल हुन दिएनन् । इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्ज गनाब्रीले काउन्टर अट्याकमा आफैं बढाएको आक्रमणमा पेनाल्टी क्षेत्र भित्र पुगेर गरेको प्रहारमा प्याट्रीसिओ नै बाधक बने ।

दोस्रो हाफको सुरुवातमा नै जर्मनीले अग्रता बढाउन सफल रहयो । ५१ औं मिनेटमा हाभर्ट्जले प्रतियोगितामा पहिलो गोल गर्दै ३-१ को स्कोर बनाएका थिए । गोसेन्सको क्रसलाई हाभर्ट्जले ६ यार्ड बक्स भित्रबाट पहिलो टचमा फिनिस गर्न सफल भएका थिए ।

६० औं मिनेटमा रोबिन गोसेन्सले जर्मनीलाई ४-१ को अग्रता दिलाए । पेनाल्टी क्षेत्रको दायाँ भागबाट किम्मिखले दिएको क्रसलाई फार पोस्टमा अनमार्क रहेका गोसेन्सले हेडरमार्फत गोल गरेका थिए ।

६६ औं मिनेटमा पोर्चुगलले गोल गर्दै खेलमा फर्कने संकेत देखाएको थियो । गुरेरोको फ्रिकिकलाई रोनाल्डोले फार पोस्टबाट जोगाएपछि आएको पासमा जोटाले गोल गरेका थिए । ७८ औं मिनेटमा रेनाटो सान्चेसले लामो दुरी बाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । वैकल्पिक खेलाडी सान्चेसले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहारमा गोलरक्षक समेत बिट भएको अवस्थामा पोस्टमा लाग्दा पोर्चुगलले गोलअन्तर घटाउन सकेन ।

काउन्टर अट्याकमा अघि बढेको जर्मनीका लागि ८३ औं मिनेटमा लिओन गोरेट्जकाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहार पोस्टभन्दा थोरै माथिबाट गएको थियो ।

जर्मनी यस जितसँगै समूहको दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा रहेको छ । २ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षस्थान तथा हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ । समूहको चारै टोलीको अर्को चरणमा पुग्ने सम्भावना रहेको छ ।

यसै समूहअन्तर्गत शनिबार भएको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि विश्वविजेता फ्रान्स हंगेरीसँग हारबाट जोगिएको थियो ।

घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा ग्रिजमनले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए । खेल १–१ गोलको बराबरीमा टुंगिएयो । पुस्कास एरिना बुडापेस्ट हंगेरीमा शनिबार भएको खेलमा फ्रान्सले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि काउन्टर अट्याकमा गोल खान पुगेको थियो ।

खेलको १४औं मिनेटमा हंगेरीका गोलरक्षक पिटर गुलाक्सीले दोहोरो बचाउ गर्दा फ्रान्स अग्रता लिनबाट चुक्यो । केलियन एमबाप्पेको पासमा करिम बेन्जेमाले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारलाई गोलरक्षक गुलाक्सीले फुत्काएपनि रिवाउन्डमा ग्रिजमनको प्रहार उनकै हातमा पुगेको थियो । १७औं मिनेटमा बेन्जेमाको पासमा लुकास डिग्नेले मिलाइदिएको पासमा कसैको निगरानीमा नरहेका एमबाप्पेको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

२५औं मिनेटमा हंगेरीका कप्तान तथा फरवार्ड एडाम स्जालाई चोट बोक्दै मैदानबाट बाहिरिएपछि हंगेरीलाई थप समस्यामा परेको थियो । ३१औं मिनेटमा पउल पोग्वाबाट आएको पासलाई एमबाप्पेले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै फ्लिक गर्दै दिएको पासमा बेन्जेमाले वान टचमै भलीमार्फत गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा फ्रान्सले अग्रता लिन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एटिला फिओलाले गोल गर्दै हंगेरीलाई १–० को अग्रता दिलाए । राफयल भरानको कमजोर क्लियरेन्समा रोलान्ड सल्लाईले काउन्टर अट्याकमा अघि फालेको बललाई एटिला फिओलाले गोल गर्न सफल भएका थिए । हंगेरीले फ्रान्सको पोस्टमा पहिलो आक्रमण बुन्दा पहिलो प्रयासमा गोल गर्न सफल भएको हो ।

४९औं मिनेटमा मिनेटमा पल पोग्वाको गरेको क्रसलाई गुलाक्सीले उत्कृष्ट पञ्च गर्दै बराबरी टारे । ५९औं मिनेटमा सब्सिच्युट औसमाने डेम्वेलेको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार पोलमा लागेर फर्कदा फ्रान्स बराबरीबाट चुक्यो । ६६औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

कप्तान तथा गोलरक्षक ह्युगो लोरिसको फालेको लामो पासलाई दुई डिफेन्डरबीचबाट नियन्त्रणमा लिदै पेनाल्टी बक्सभित्रबाट गरेको क्रसलाई हंगेरीका विल्ली ओर्वानले क्लियर गर्ने प्रयास गरेपनि नसकेको बललाइै ग्रिजमनले जाली चुमाएका थिए ।

८१ औं मिनेटमा हंगेरीका कप्तान गुलाक्सीले एम्बापपेको शक्तिशाली प्रहारलाई विफल पार्दै खेल बराबरीमा राखे । लगत्तै ओलिभिएर जिरुडको फितलो प्रहारमा पनि गुलाक्सीनै बाधक बने ।

यो बराबरीपछि फ्रान्सले आफ्नो अपराजित यात्रालाई नवौं खेलसम्म लम्ब्याएको छ । १२ नोभेम्वर २०२० मा मैत्रीपुर्ण खेलमा फिनल्यान्डसँग २–० ले पराजित भएपछि फ्रान्सले ७ जित र २ बराबरीको नतिजा निकालेको छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.