4 years ago
June 20, 2021
एजेन्सी – पोल्यान्डका मिडफिल्डर कापर कोजलोस्कीले स्पेनविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै युरोपेली च्याम्पियनसिपमा सबैभन्दा कम उमेरको खेलाडी बन्ने कीर्तिमान राखेका छन् ।

उनले ६ दिन अघि यसै युरोमा इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिंग्हमले क्रोएसियाविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै राखेको कीर्तिमान भंग गर्दै आफ्नो नाममा लेखाएका हुन् ।
पोलिस क्लब पोगोन सेजेसिनबाट व्यावसायिक फुटबल खेल्दै आएका कोजलोस्कीले १७ वर्ष २ सय ४६ दिनको उमेरमा खेल्दै उक्त कीर्तिमान कायम गरेका हुन् । बेलिंग्हमले ६ दिन अघि १७ वर्ष ३ सय ४९ दिनको उमेरमा खेल्दै कीर्तिमान कायम गरेका थिए । त्यसअघि यो कीर्तिमान सन् २०१२ मा नेदरल्याण्डका जेट्रो विलेम्सले १८ वर्ष ७१ दिनको उमेरमा खेल्दै कीर्तिमान बनाएका थिए ।

कोजलोस्की ५५ औ मिनेटमा इंग्लिस क्लब लिड्स युनाइटेडका मेटेअस्जको स्थानमा मैदान छिरेका थिए । उनी छिर्नुअघि खेल १–१ गोलको बराबरीमा रहेको थियो । उनी छिरेको दुई मिनेटमा नै स्पेनले पेनाल्टी पवाएपनि जेरार्ड मोरेनोले गोल गर्न नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
कापर कोजलोस्कीले पोल्यान्डबाट चार क्याप जितिसकेका छन् । उनले २९ मार्च २०२१ मा विश्वकप छनोटमा एन्डोरालाई ३–० ले पराजित गरेको खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यतिबेला उनी ७३औं मिनेटमा पिओटर जिलेन्स्कीको स्थानमा मैदान प्रवेश गरेका थिए । त्यसपछि उनले मैत्रीपुर्ण खेलमा रसिया र पोल्यान्डसँगको खेल खेलिसकेका छन् ।
कोजलोस्की र बेलिंग्हम दुवैलाई अब युरोमा सर्वाधिक कान्छा गोलकर्ता बन्ने अवसर पनि रहेको छ । उक्त कीर्तिमान स्विट्जरल्यान्डका योहान भन्लान्थेनको नाममा रहेको छ । उनले युरो २००४ मा फ्रान्सविरुद्ध १८ वर्ष १ सय ४१ दिनको उमेरमा गोल गरेका थिए ।
यस्तै युरोको फाइनलमा खेल्ने कान्छा खेलाडी भने पोर्चुगलको रेनाटो सान्चेस हुन् । गत संस्करणको उपाधि पोर्चुगलले जित्दा सान्चेसको उमेर १८ वर्ष ३ सय २८ दिन रहेको थियो । पोल्यान्ड र इंग्ल्यान्ड फाइनल पुगेको खण्डमा कोजलोस्की र बेलिंग्हमलाई उक्त कीर्तिमान आफ्नो नाम गर्ने अवसर समेत हुनेछ ।

तर, समूह ‘ई’ मा पोल्यान्डको नकआउट चरण पुग्ने सम्भावना न्युन छ । पोल्यान्डलाई नकआउट चरण पार गर्न अन्तिम खेलमा स्वीडेनलाई हराउनु पर्नेछ । स्लोभाकिया र स्पेनले अंक गुमाउनु पर्नेछ । दुई खेलमा १ अंक जोडेको पोल्यान्ड पुछारमा छ । यो समूहमा स्वीडेन ४ अंकसहित शीर्षस्थानमा रहँदा स्लोभाकियाको ३ तथा स्पेनको दुई अंक छ ।
यस्तै बेलिंग्हमको इंग्ल्यान्ड समूह ‘डी’ मा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समूह चरणको अन्तिम खेलमा चेकलाई हराउन सके इंग्ल्यान्ड समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]