4 years ago
June 20, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको तेस्रो तथा अन्तिम राउन्डको खेल आजदेखि सुरु हुँदैछ । तेस्रो राउन्डको पहिलो दिन समूह ‘ए’ को दुवै खेल एकै समयमा हुनेछ ।

घरेलु टोली इटालीले रोममा वेल्सको आतिथ्यता गर्दा स्वीट्जरल्यान्ड र टर्कीबीचको खेल अजरबैजानको बाकुमा हुनेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९:४५ बजे हुनेछ । अन्तिम १६ मा स्थान पक्का गरिसकेको इटाली घरेलु मैदानमा वेल्सलाई हराउँदै समूह विजेता बन्ने दाउमा हुनेछ । बराबरीको नतिजाले पनि इटाली समूह विजेता बन्नेछ ।
नकआउटका स्थान पक्का गरिसकेको इटालीले वेल्सविरुद्ध ढुक्कसँग खेल्नेछ । तर, टोली आफ्नो अपराजित यात्रालाई अझै लम्ब्याउन चहान्छ । टोली पछिल्लो २९ खेलमा अपराजित रहँदा पछिल्लो १० खेलमा एक गोल पनि आएको छैन । टोलीसँग सिरो इम्मोविले, लोरेन्जो इन्सिग्ने, डोमिनिको बेरारडी, जगिन्हो, म्यानुयल लोकाटेली, निकोलो बरेल्ला, जर्जियो चिलियनी, लियोनार्दाे बोनुची, जियोभानी डि लोरेन्जो र गोलरक्षक जियानलुइगी डोन्नररुम्मा रहेका छन् ।
वेल्सविरुद्ध प्रशिक्षक रोबर्टाे मान्सिनीले पहिलो रोजाईका केही खेलाडीलाई विश्राम पनि दिन सक्नेछ । यस्तो अवस्थामा मार्काे भेराट्टी, फेडरिको चिइसा, एन्ड्रिय बेलोट्टी, फेडरिको बर्नरडेस्ची र इमर्सनले पहिलो रोजाईमा खेल्न सक्नेछन् ।

यता, वेल्स पनि इटालीको अपराजित यात्रामा पुर्णविराम लगाउँदै शीर्षस्थानमा रहेर नकआउट चरणमा पुग्ने लक्ष्यमा मैदानमा उत्रनेछ । बलियो घरेलु टोलीविरुद्ध वेल्सलाई जित निकाल्न कठिन नै हुनेछ । बराबरीको नतिजाले पनि वेल्स समूहको उपविजेता हुदै अघिल्लो चरण प्रवेश गर्नेछ । इटालीसँग हारेको खण्डमा टर्कीले स्वीट्जरल्यान्डसँग अंक खोसेको अवस्थामा पनि वेल्स अघिल्लो चरण प्रवेश गर्नेछ ।
टोलीसँग अघिल्लो खेलमा उच्च प्रदर्शन गरेका कप्तान ग्यारेथ बेल, आरोन राम्से, काइफर मुर, ड्यानियल जेम्स, बिन डेभिस र गोलरक्षक ड्यानी वार्डलगायतको खेलाडीको साथ रहेको छ ।
यि दुई टोलीको हालसम्मको ९ भेटमा इटाली ७ खेलमा विजयी हुदा वेल्सले २ खेल आफ्नो पक्ष्ँमा पारेको छ । पछिल्लोपटक यि दुई टोली सन् २००३ मा खेल्दा इटाली ४–० ले विजयी भएको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]