4 years ago
June 20, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको तेस्रो तथा अन्तिम राउन्डको खेल आजदेखि शुरु हुदैछ । तेस्रो राउन्डको पहिलो दिन समूह ‘ए’ को दुवै खेल एकै समयमा हुनेछ ।

स्वीट्जरल्यान्ड र टर्कीबीचको खेल अजरबैजानको बाकुमा हुदा इटालीले घरेलु मैदानमा वेल्सको सामना गर्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९:४५ बजे हुनेछ ।
स्वीट्जरल्यान्डलाई शीर्ष २ मा रहँदै अन्तिम १६ मा पुग्न आफुले जितेर मात्रै पुग्दैन अर्काे खेलमा वेल्सले पनि हार्नुपर्नेछ । यसमा गोल अन्तरले पनि फरक पार्नेछ । पराजित भएको खण्डमा भने स्वीट्जरल्यान्ड समूह चरणबाटै बाहिरिनेछ । वेल्सले पनि जित र स्वीस टोली पनि विजयी भएको खण्डमा स्वीस टोली उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढ्ने सम्भावना रहन्छ ।
दुवै टिमले निश्चित जितका लागि खेल्नेछन् । बराबरीमा दुवै टिमलाई केही फाइदा हुने छैन । जहाँसम्म जित रहेको छ, त्यो पनि बढी गोल अन्तरको जित चाहिने छ । अंक तालिकामा स्विट्जरल्यान्ड तेस्रो स्थानमा छ । टोलीको एक अंक छ ।
यस्तो अवस्थामा स्वीस टोली जितको लक्ष्यसहित मैदान उत्रनेछ । टोलीलाई अघिल्लो चरण प्रवेश गर्न जित बाहेकको विकल्प छैन । टोलीसँग मारियो गाभरानोभिच, ब्रिल इम्वोलो, जद्रान शाकिरी, ग्रानिट झाका, म्यानुयल एकान्जी, फावियन स्चर र गोलरक्षक यान सोम्मेर रहेका छन् ।
सुरुआती दुई खेल गुमाए टर्कीको अगाडि बढ्ने सम्भावना गणितीय मात्र रहनेछ । शीर्ष २ मा पर्ने सम्भावना सकिसकेको टर्कीलाई तेस्रो स्थानमा रहन राम्रो गोलअन्तरको आवश्यकता छ । बढी गोल अन्तरमा जित हात पार्दै टर्की अघिल्लो चरणको सम्भावनालाई जीवितै राख्न चहान्छ । टोली कम्तीमा पनि एक खेलमा जित हात पार्दै अथवा अंक जोड्दै सुखद बिदाई पनि लिन चाहन्छ ।
टोलीसँग बुराक यिल्माज, ओजान तुफान, हकान कलहानोग्लु, काग्लर सोयन्कु, मेमेट जेकी सेलिक, मेरिह देमीरल र गोलरक्षक काकिर रहेका छन् ।
यि दुई टोलीबीचको हालसम्मको १५ खेलको नतिजामा टर्की बलियो छ । टर्कीले ८ खेल आफ्नो पक्षमा पार्दा ४ खेल स्वीस टोलीले जितेको छ । ३ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई खेलमा टर्कीले जित हात पारेको छ । यि दुई टोलीले पछिल्लोपटक २००८ को युरोमा प्रतिस्पर्धा गरेको थियो । जसमा टर्की २–१ ले विजयी भएको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]