default_image

3 years ago

June 21, 2021

भेनेजुएला र इक्वेडरको रोमाञ्चक बराबरी

37 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका कपमा भेनेजुएला र इक्वेडरले बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ‘बी’ अन्तरगतको खेलका भेनेजुएला र इक्वेडरले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।

रियो दि जेनरियो स्थित स्टेडियो निल्टन सान्तोसमा सोमबार बिहान भएको खेलमा इक्वेडरले दुईपटक अग्रता लिएरपनि जोगाउन बराबरीको नतिजा आत्मसात गर्नुपरेको हो । इक्वेडरका इडुअर प्रेसिएडो र गोन्जालो प्लाटाले गोल गर्दा भेनेजुएलाका इड्सन कास्टिल्लो र रोनाल्ड हर्नान्डेजले बराबरी गोल फर्काए । पहिलो हाफका एक गोल हुदा दोस्रो हाफमा तीन गोल भएको थियो ।

खेलको ३९औं मिनेटमा इडुअर प्रेसिएडोको गोबाट इक्वेडरले अग्रता लिएको थियो । उनले रोबर्ट एर्वाेलेडाको पासमा गोल गरेका थिए । ५१औं मिनेटमा इड्सन कास्टिल्लोले जोस एन्ड्रेस मार्टिनेजको पासमा बराबरी गोल फर्काए ।

७१औं मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई पुनः २–१ को अग्रता दिलाए । तर अन्तिम एक मिनेट सम्हालिन नसक्दा इक्वेडर बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोनाल्ड हर्नान्डेजले इड्सन कास्टिल्लोको पासमा गोल गर्दै भेनेजुएलालाई हारबट जोगाए ।

यो बराबरीपछि भेनेजुएलालले तीन खेलबाट २ अंक जोड्दा दुई खेल खेलेको इक्वेडरले पहिलो अंक जोडेको छ । ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.