default_image

4 years ago

June 20, 2021

शाकिरीको दुई गोलमा स्वीट्जरल्यान्डको सहज जित

241 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर जेर्डान शाकिरीको दुई गोल मद्दतमा स्विट्जरल्यान्डले टर्कीलाई पराजित गर्दै युरोपेली च्याम्पियनसिपको नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ ।

अजरबैजानस्थित बाकी ओलम्पिया स्टेडियम बाकुमा आइतबार राति भएको खेलमा स्वीट्जरल्यान्डले टर्कीलाई ३–१ ले पराजित गर्दै समूहमा तेस्रो स्थान हासिल गरेको हो । टर्की अंकविहीन हुदै समूह चरणबाटै बाहिरिएको छ ।स्वीट्जरल्यान्डले खेलको छैटौं मिनेटमा नै हरिस सेफेरोभिचको गोलमा अग्रता लिएको थियो । स्टिभन जुबरको पासमा उनले सुन्दर फिनिस गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

२६औं मिनेटमा शाकिरीले दर्शनीय गोल गर्दै अग्रता दोब्बर पारेका थिए । जुबरकै पासमा शाकिरीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार टप कर्नरमा गोल भएको थियो । शकिरीले आफ्नो बायाँ खुट्टाले गरेको प्रहारलाई गोलरक्षक उगुर्कान साकिरले बचाउने कुनै अवसर नै पाएनन् ।

दोस्रो हाफमा टर्कीले आक्रमणमा जोड दिँदै खेलमा फर्कने प्रयास गरेको थियो । ६२औं मिनेटमा इरफान च्यान काभेचीले गोल अन्तर घटाउँदै टर्कीलाई खेलमा फर्कने संकेत दिए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो ।

६८औं मिनेटमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्वीट्जरल्यान्डको २ गोलको अग्रता पुनः स्थापना गरे । जुबरले झाकासँग पास सासाटफेर गर्दै बनाएको मुभमा गोल सम्भव भएको थियो । जुबरले दिएको अन्तिम लो क्रसलाई शाकिरीले गोलमा परिणत गर्दै स्वीट्जरल्यान्डलाई जित नजिक पु¥याए । त्यसपछि थप गोल निस्कन नसक्दा स्वीस टोली विजयी हुन सफल भयो ।

यो समूह ‘ए’ बाट इटाली शतप्रतिशत जितसहित समूह विजेता र वेल्स समूह उपविजेताको रुपमा अघि बढ्दा टर्कीमाथिको जितसँगै स्वीस टोली उत्कृष्ट तेस्रो टोलीको रुपमा नकआउट चरण पुग्ने सम्भावना जीवितै रहेको छ । यसका लागि स्वीस टोलीले अब समूह ‘डी’, ‘ई’ र ‘एफ’ को नतिजा कुर्नुपर्ने हुन्छ ।

इटालीले समूहमा ९ अंक जोड्यो । वेल्स र स्वीट्जरल्यान्डको समान ४–४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गन सफल भयो । यसअघि वेल्स र स्विट्जरल्यान्डको खेल १–१ को बराबरीमा सकिएको कारण गोलअन्तरले नै समूहमा स्थानको छिनोफानो भएको हो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.