4 years ago
June 21, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत इटालीले समूह ए को अन्तिम खेलमा आइतबार वेल्सलाई हरायो । अन्तिम १६ मा स्थान पक्का भएको इटालीले दोस्रो रोजाइको टोली उतारेपनि १-० को जित दर्ता गर्न सफल रहयो ।

अन्तर्राष्ट्रिय फुटबलमा इटाली लगातार ३० खेल अपराजित रहेर दुर्लभ कीर्तिमानको नजिक पुगेको छ । युरोको सुरुवाती तीन खेल नै जितेको इटालीले अब अन्तिम १६ को खेल जितेमा नयाँ किर्तिमान राख्नेछ । इटालीले वेल्समाथि जितसँगै ८२ वर्ष पुरानो कीर्तिमान बराबरी गरेको छ ।
इटालीले सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो । त्यसबेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए । उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्ण पदक समेत जितेको थियो ।
इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जाममा २ खेल हारेको छ । पछिल्लो पटक टोलले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो । त्यसयता टोलीले ३० खेल जितेको छ । अझ पछिल्लो ११ खेलमा टोलीले गोल पनि खाएको छैन र ३२ गोल गरेको छ ।
इटालीले अब अन्तिम १६ मा समूह सी को उपविजेतासँग खेल्नेछ । इक्त खेल लण्डनको वेम्बली रंगशालामा हुनेछ । समूह सी मा युक्रेन र अष्ट्रियाको दोस्रो हुने सम्भावना रहेको छ । यी दुई टोली आज प्रतिस्पर्धा गर्दैछन् ।

प्रशिक्षक मान्सिनी ८२ वर्षअघि पोज्जोको नेतृत्वमा रहेको टोलीले हासिल गरेको सफलताबाट टोली धेरै टाढा रहेको बताउँछन् । ‘ पोज्जोले अपराजित यात्रा कायम राख्दा महत्त्वपूर्ण उपाधि पनि जितेका थिए । हामी त्यो स्तरभन्दा धेरै टाढा छौं । जुन टोलीले अन्तिम १६ को यात्रा पार गर्छ, त्यो टोलीले उपाधि जित्नसक्छ,’ उनले भने ।
‘हरेक खेल कठिन हुन्छ । हामीले कुनैपनि खेललाई हल्का रुपमा लिएर जित्न सकिन्छ भन्ने सोच राख्नुहुन्न,’ उनले भने, ‘हामी रोमका समर्थकलाई धन्यवाद दिन चाहन्छौं । आशा छ आउने दिनमा पनि हामीले खुसी राख्ने नतिजा दिन सक्छौं ।’
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]