default_image

4 years ago

June 21, 2021

नेदरल्यान्ड्सलाई नर्थ म्यासेडोनियाको चुनौती

175 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज (सोमबार) राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘सी’ र समूह ‘बी’ का अन्तिम चरणका खेलहरु हुनेछ ।

समूह ‘सी’ मा नर्थ म्यासेडोनियाले नकआउट चरणमा पुगिसकेको नेदरल्यान्ड्सको सामना गर्दा युक्रेन र अष्ट्रियाले एक आपसमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९ः४५ बजे हुनेछ ।

एक खेल बाँकी छदै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरिसकेको नेदरल्यान्ड्स घरेलु मैदान योहान क्रुएफ एरिनामा समूह चरणबाट बाहिरिसकेको नर्थ म्यासेडोनियालाई हराउँदै समूह चरणमा शत प्रतिशत जित निकाल्ने लक्ष्यमा मैदानमा उत्रने छ ।

डच प्रश्क्षिक फ्रान्क डि बोएरले नर्थ म्यासेडोनियाविरुद्ध नयाँ खेलाडीलाई मौका दिन सक्नेछ । मेम्फिस डिपाए, जर्जिन्हो वाइनाल्डम र डेन्जेल डम्फ्रेजलाई विश्राम दिन सक्नेछन्। तर, प्रशिक्षक बोएर नर्थ म्यासेडोनियाविरुद्ध कुनै जोखिम मोल्न चहादैन । टोलीसँग लुक डि योङ, फ्रान्की डि योङ, नाथन एके, म्याथिज डि लेग्ट, स्टेफन डि भिरिज, ओवेन विज्जडल र गोलरक्षक मार्टिन रहनेछन् ।

यता, पहिलो पटक युरोमा प्रतिस्पर्धा गरिरहेको नर्थ म्यासेडोनिया घरेलु टोलीलाई स्तब्ध पार्दै युरोमा पहिलो जित निकाल्दै सुखद बिदाई लिने लक्ष्यमा हुनेछ । टोलीसँग कप्तान गोरान पाण्डेभ, इज्जान एलिओस्की, एलेक्सान्डर ट्राजिओस्की र गोलरक्षक स्टोल डिमिट्रिभेस्कीको साथ रहेको छ ।

समूह चरणको दुई खेल सकिदा नेदरल्यान्ड्स ६ अंकसहित शीर्षस्थानमा रहँदा युक्रेन र अष्ट्रियाको समान ३ अंक भएपनि गोल अन्तरमा युक्रेन दोस्रो तथा अष्ट्रिया तेस्रो स्थानमा रहेको छ । नर्थ म्यासेडोनियाले अंकको खात खोल्न सकेको छैन ।

यि दुई टोली हालसम्म चार पटक आमाने सामाने हुदा २ खेल डच टोलीले आफ्नो पक्षमा पारेको छ । दुई खेल बराबरीमा सकिदा नर्थ म्यासेडोनियाले जित निकाल्न सकेको छैन । पछिल्लो पटक यि दुई टोलीले २००९ मा प्रतिस्पर्धा गर्दा डच टोलीले ४–० को जित निकालेको थियो ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.