4 years ago
June 21, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा अपराजित बेल्जियमले फिनल्यान्डसँग खेल्नेछ ।

समूह ‘बी’ को उक्त खेल नेपाली समयअनुसार एकै समयमा राति १२:४५ बजे हुनेछ । सेन्ट पिटर्सवर्गमा हुने खेलमा अन्तिम १६ मा स्थान पक्का गरेको बेल्जियमले बराबरी मात्र गरेपनि शीर्षस्थान हासिल गर्नेछ । बेल्जियमलाई हराउन सके फिनल्यान्ड अघिल्लो चरण प्रवेश गर्नेछ ।
यदि बराबरीमा रोकिएको खण्डमा रसियाले हार्नुपर्नेछ । रसिया र फिनल्यान्डको समान ३ अंक छ । रसिया र डेनमार्कले बराबरी खेल्दा फिनल्यान्डले पनि बेल्जियमसँग बराबरी खेल्दा फिनल्यान्ड उत्कृष्ट तेस्रो टोलीको रुपमा असघ बढ्न सम्भावना रहन्छ ।
आफ्नो नतिजासहित अर्काे नतिजामा पनि भर पर्नुपर्ने फिनल्यान्ड आफ्नो खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ । टोलीसँग टिमु पुकी, जोइल पोहानपालो, रोविन लोड, जुक्का राइटाला, ग्लेन कामरा, जोन्ना टोइभो र गोलरक्षक लुकास ह्राडेकी टोलीमा रहेको छ ।

यता, बेल्जियम समूहमा लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ । सोही कारण टोलीले पहिलो रोजाईकै खेलाडीलाई अवसर दिन सक्नेछ । टोलीसँग रोमेलु लुकाकु, इडेन हाजार्ड, केभिन ड्रि ब्रुएन, यान्निक कारस्को, युरी टिलेमँनस र थिवाउट कोर्टुवा लगायतको खेलाडीको साथ रहेको छ ।
यि दुई टोलीको पछिल्लो तीन भेटमा बेल्जियमले फिनल्यान्डलाई हराउन सकेको छैन । पछिल्लो दुई खेलमा १–१ गोलको बराबरीको नतिजा निस्कदा २०१० मा भएको खेलमा बेल्जियमा १–० ले स्तब्ध बनेको थियो । बेल्जियम फिनल्यान्डसँगको जितविहीन यात्रालाई टुंग्याउने दाउमा रहँदा फिनल्यान्ड अपराजित यात्रालाइ निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]