4 years ago
June 22, 2021
एजेन्सी – फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोपेली च्याम्पियनसिपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए ।

फ्रान्स फुटबल महासंघ (एफएफएफ) ले क्याटलान क्लब बार्सिलोनाका फरवार्ड डेम्बेलले युरो कपका बाँकी खेल गुमाउने पुष्टि गरेको छ । उनको घुँडाको थप जाँच गर्दा युरोकप खेल्न नसक्ने र कम्तीमा चार महिना मैदान बाहिर रहने आँकलन गरिएको छ ।
५७औं मिनेटमा एड्रिएन राविओटको स्थानमा मैदान छिरेका २४ वर्षीय डेम्वेलेले चोट बोकेपछि ८७औं मिनेटमा मैदान छाड्नुपरेको थियो । उनी त्यो बेला नै घुँडामा चोट बोकेको संकेत गरेका थिए । उनले फ्रान्सबाट २७ खेल खेल्दा ४ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
फ्रान्सले अब समूह चरणको अन्तिम खेलमा २३ जुनको राति पोर्चुगलसँग खेल्दैछ । उक्त खेलमा बराबरीको नतिजाले पनि फ्रान्स नकआउट चरणमा पुग्ने छ । फ्रान्स दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहँदा पोर्चुगल ३ अंक जोडेर तेस्रो स्थनमा रहेको छ । जर्मनी ३ अंकसहित दोस्रो स्थानमा रहँदा हंगेरी १ अंक जोडेर पुछारमा छ । यो समूहमा सबै चारै टोलीको नकआृट चरण पुग्ने सम्भावना छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]